बाबा बर्फानीमा पूर्व विद्यार्थी समाज

बाँकेको खजुरास्थित श्रीजनता मा.वि. पूर्व विद्यार्थी समाजले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चर्चित बनिरहेको स्थल बाबा बर्फानीमा सरसफाईसँगै प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ ।


शनिवार, नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी स्वागतद्वारबाट राप्तीसोनारीस्थित बाबा बर्फानीसम्मको हाइकिङ्ग गरेको समाजले त्यहाँ पुगेर सरसफाई कार्यक्रम आयोजना गरेको हो ।


पूर्व विद्यार्थी समाजका सल्लाकार ओम प्रकाश देवकोटाको संयोजकत्वमा भएको कार्यक्रम नेपालगन्जको धम्वोझीस्थित वागेश्वरी स्वागतद्वारबाट शुभारम्भ भएर विनौना, वैजापुर हँुदै मन्दीर परिसर सम्म पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा गरिएको समाजका अध्यक्ष झविलाल शर्माले जानकारी दिए ।


अध्यक्ष शर्माले समाजले गर्ने विभिन्न कार्यक्रम मध्य सामाजिक कार्यक्रम अन्र्तगत सरसफाई एवं धार्मिक क्षेत्रको अवलोकन गरि पर्यटन प्रवद्र्धनको योजना अनुरुप कार्यक्रम गरिएको बताए । खजुरा गाउँपालिका क्षेत्रका विद्यार्थीहरु र राप्ती सोनारीकाका विद्यार्थी विच आपसी सद्भाव कायमका लागि पनि यसखालको कार्यक्रम सान्दर्भिक हुने अपेक्षा गरिएको अध्यक्ष शर्माको भनाइ छ ।

त्यसक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष एवं राप्ती सोनारी गाउँपालिकाका प्रवक्ता मीन राज खड्काले अभियानमा सहभागी पूर्व विद्यार्थीहरुलाई खादा लगाई स्वागत गरे । वडाध्यक्ष खड्काले कार्यक्रमबाट आफु प्रभावित भएको प्रतिक्रिया दिंदै आफ्ना पालिकामा समेत पूर्व विद्यार्थी संगठनको लागि पहल, सहयोग र सहकार्य गर्दै विभिन्न सामाजिक र मानवीय कार्यमा यूवा वर्गलाई संलग्न गराउने सोंच सुनाए ।


कार्यक्रमका संयोजकसमेत रहेका राप्ती सोनारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले यस्ता कार्यक्रमले समाजलाई सकारात्मक सन्देश दिने र यूवाहरुलाई थप जिम्मेवार बनाउने विश्वास व्यक्त गरे ।
‘मानिसमा सामाजिक मनोभावना पैदा गर्नपनि यसखालका कार्यक्रमले प्रेरित गर्छ,’ देवकोटाले भने, ‘पक्कै पनि राप्तीसोनारीका धार्मिक पर्यटकीय गन्तव्यहरुको व्यापक प्रचार प्रसारका लागि सहयोग पुग्ने विश्वास हो ।’


राप्ती सोनारी गाउँपालिकाको सहकार्यमा भएको कार्यक्रममा क्रममा बाबा बर्फानी मन्दिर परिसरमा सरसफाई, भजन कृतन कार्यक्रम गरिएको हो । त्यसक्रममा बर्फानी बाबालाई समाजको तर्फबाट दोसल्ला, टोपी, मालाले समाजका अध्यक्ष शर्मा र कार्यक्रम संयोजक देवकोटाले सम्मान गरे ।

प्रतिक्रिया

प्रतिक्रिया