राप्तीसोनारी मदुईमा तातो हावाको चर्चा

बाँकेको राप्तीसोनारी मदुईमा जिल्ला स्तरीय प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा युवा रेडक्रस सर्कल लक्ष्मी मा.वि.ले आतिथ्यता गरेर कार्यक्रम गरिएको हो ।


प्र.अ.तथा शिक्षक नायकको भूमिकाको सम्बन्धमा खुला छलफल र सामुहिक प्रस्तुति गरिएको कार्यक्रममा नेरेसो बाँकेका उपनिर्देशक दोलखबहादुर डाँगीले तातो हावाको लहरको बारेमा प्रस्तुतिकरण गरेका थिए ।


बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले जुनियर तथा युवा रेडक्रस कार्यप्रणाली निर्देशिका र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले दृष्यात्मक एकरुपता प्रस्तुतिकरण गरेको कार्यक्रममा २३ वटा सर्कल/विद्यालयका प्रधानाध्याक तथा शिक्षक नायकहरुको सहभागिता रहेको रेडक्रस बाँकेले जनाएको छ ।


कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारुले रेडक्रसले विपद् प्रभावित समुुदायलाई राहत, विरामी र घाइतेलाई रगत एवं एम्बुलेन्स लगायत परोपकारी कार्य गर्दै आएको सम्झना गरिन् ।


पूर्वमन्त्री प्रेमबहादुर भण्डारीले बालबालिकाहरुमा मानवताको भावना विकास गर्न शिक्षकहरुलाई अनुरोध गर्दै सेवाभावबाट रेडक्रसमा योगदान गर्न उत्प्ररित गरेका थिए ।


जुनियर तथा युवा रेडक्रस समितिका संयोजक यमनारायण महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, सदस्य नरेन्द्र कुमार पौडेल, लक्ष्मी मा.वि.का प्र.अ.संरक्षक लक्ष्मण आचार्य लगायतले विचार व्यक्त गरे । कार्यक्रममा लक्ष्मी मा.वि. विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, नेरेसो कचनापुर र सोनारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया