नेकपा एमाले सम्बद्ध महिलाहरुको संगठन, अनेमसंघले बाँकेका सबै पालिकामा महिला अधिकार दिवस मनाउने भएको छ ।
शनिवार नेपालगन्जमा बसेको अनेमंसघ सचिवालयको बैठकले जेठ १६ गते महिला अधिकार दिवसमा विभिन्न कार्यक्रम गरि सबै पालिकामा मनाउने निर्णय गरेको जिल्ला इन्चार्ज अछरी पोखरेलले जानकारी दिइन् । उनका अनुसार, ८ वटै गाउँपालिकामा महिला हक अधिकार समेटिएको नीति तथा कार्यक्रमका लागि दबाब पनि पेश गर्ने कार्यक्रम तय भएको छ ।
त्यस दिन अस्पतालमा सुत्केरी महिलाहरुलाई पोषण तत्व वितरण पनि गरिने भएको छ । ‘महिलाहरुको लागि स्वास्थ्य जटिलताको विषय बनेको पोषणतत्व सुत्केरी अवस्थामा रहेकाहरुलाई वितरण कार्यक्रम बनाएका छौं,’ अनेमसंघ बाँकेका का.बा. अध्यक्ष मिना सुवेदी ढकालल े भनिन् । उनले पोषणतत्वको वकालतका लागि प्रतिकात्मक रुपमा यसरी वितरण गर्न लागिएको स्पष्ट पारिन् ।
शनिवारको बैठकमा नेकपा एमाले पार्टी अध्यक्ष किस्मत कुमार कक्षपति, अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेल, अनेमसंघ केन्द्रिय सदस्य सरस्वती मल्ला, सुनिता तिवारी, निवर्तमान बाँके इन्चार्ज विम्मीरानी पन्थी, प्रदेश सदस्य भुमा पाण्डे,इता शर्मा लगायतले सहभागिता जनाएका थिए ।
अनेमसंघ बाँकेका सचिव कन्चन गौतमद्वारा संचालन गरिएको बैठकमा महिला अधिकार दिवसको अवसरमा अस्पतालका सुत्केरीलाई पोषण आहार वितरणका लागि अध्यक्ष मिना सुवेदी ढकाल, सचिवालय सदस्यद्वय अनिता थापा, सुमन गिरीलाई व्यवस्थापनको जिम्मेवारी दिएको छ ।