सिटीइभीटी अन्तर्गत आंगिक शिक्षालयका रुपमा रहेको भेरी प्राविधिक शिक्षालय (बिटिएस)का करार कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले आफ्ना विभिन्न मागहरु अघि सार्दै सोमबारबाट आन्दोलन सुरु गरेका हुन् ।
त्यसक्रममा पहिलो दिन शिक्षालय प्रमुख, प्रशासन एवं लेखामा तालाबन्दी गरेर दबाब सिर्जना गरेको सेवा, करार कर्मचारी संघर्ष समिति बिटीएस इकाइका संयोजक सुरेन्द्रकुमार डफगरले जानकारी दिए ।
प्रदेश सदस्य इन्जिनियर विश्वेश्वर प्रसाद जोशीको नेतृत्वमा ४५ जना कर्मचारीले काम रोकेर आन्दोलनमा उत्रिएका हुन् । देशभर १ हजार ७ सय करारका कर्मचारी आन्दोलित रहेको संयोजक डफगरले जानकारी दिए ।