भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ व्यवसाय गर्न चाहनेहरुका योजना र सीपका आधारमा लगानी गर्ने भएको छ ।
भरोसाले आफ्ना सदस्यहरुको लागि होटल सम्बन्धि तालिम सिक्न तथा तालिम सिकेर बाँके जिल्लामै आफ्नै स्टार्टअप विजनेश गर्छु भन्नेहरुको लागि सहुलियत दरमा कर्जा स्वरुप ऋण उपलब्ध गराउने
होटल मेनेजमेण्ट सम्बन्धि तालिम सिक्न र आफ्नै व्यावसाय गर्नेहरुको लागि भरोसाले सोल्टी होटल परिसरमा रहेको द होटल स्कुल नेपाल प्राइभेट लिमिटेडबीच व्यावसायिक सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
भरोसाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावल र द होटल स्कुल नेपालका तर्फबाट क्याम्पस प्रमुख निश्चल सिंहले आइतवार एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्रमा, भरोसाले आफ्ना सदस्यहरुको लागि होटल सम्बन्धि तालिम सिक्न तथा तालिम सिकेर बाँके जिल्लामै आफ्नै स्टार्टअप विजनेश गर्छु भन्नेहरुको लागि सहुलियत दरमा कर्जा स्वरुप ऋण उपलब्ध गराउने उल्लेख छ । साथै, सिल्भर माउण्टेण्ट स्कुल अफ मेनेजमेण्टमा होटल सम्बन्धि तालिम सिक्ने भरोसाका आफ्ना सदस्यहरुकोे लागि मासिक शूल्कमा २५ प्रतिशत सम्मको छुट समेतको प्रबन्ध मिलाएको भरोसाका प्रमुख कार्यकारी अधिकृत रावलले जानकारी दिए ।
कार्यक्रममा द होटल स्कुल नेपालका शाखा प्रबन्धक सुदिप चौधरी, भरोसाका संस्थापक सदस्य विकास भट्टराई तथा अन्य कर्मचारीहरुको उपस्थित थिए ।
प्रमुख कार्यकारी अधिकृत रावल भन्छन्, ‘भरोसा, बाँके जिल्ला कार्यक्षेत्र रहेको एक उदयीमान र प्रतिष्ठित व्यक्तित्व संगठित सहकारी संस्था हो ।’ उनका अनुसार, भरोसाले सहकारी मूल्य, मान्यता एवं सिद्धान्तमा आधारित रहेर न्यून आयस्तर भएका नागरिकको जिवनस्तर माथि उठाउनको लागि ग्रामिण लघुवित्त कार्यक्रमहरु संचालन गर्न थालेको छ ।
‘बचत संकलन र ऋण लगानीको माध्यमबाट भरोसाका सदस्यहरुलाई आत्मनिर्भर बनाउनुको साथै स्वाधिन अर्थतन्त्रको निर्माणमा सहयोग पुर्याउने अभियान हो,’ प्रमुख कार्यकारी अधिकृत रावलले भने, ‘व्यवसायिक क्रियाकलापहरुबाट रोजगारीको सिर्जना गरी सदस्यहरुलाई स्वालम्बन र आत्मनिर्भर बनाउने जस्ता क्रियालकलापहरु गर्दै आएको सहकारी संस्था हो ।’
भरोसाले सिल्भर माउण्टेण्ट स्कुल अफ मेनेजमेण्टमा अध्ययनरत विद्यार्थीको लागि वित्तिय साक्षरताका कार्यक्रमहरु संचालन गर्ने सम्झौता समेत गरेको जनाएको छ ।