डान्सबारमा पेस्तोल देखाउँदा प्रहरी फन्दामा सुमन

नेपालगन्जको सुर्खेतरोडस्थित किङक्रसबाट अटोमेटिक पेस्तोलसहित एकजना युवा प्रहरी फन्दामा परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित बर्दिया बाँसगढी नगरपालिका–८ बस्ने २८ वर्षीय सुमन रिजाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।


उक्त क्लबमा झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त क्लबको ट्वाइलेटमा लुकाई राखेको उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया