प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा सोमबार आयोजित महाआरतीमा पूर्व राजा ज्ञानेन्द्र शाह परिवार सहित सहभागी भएका छन् ।
पहिलो पटक महाआरतीमा सहभागी भएको पूर्व राजपरिवार त्यसअघि बागेश्वरी मन्दिर भित्र विशेष पुजा अर्चनामा सहभागी रहेको थियो ।
पूर्व राजपरिवार समेत सहभागी हुने महाआरतीमा मौसमको प्रतिकुलताका बावजुद निकै ठूलो सहभागिता थियो । मूलकर्ताका रूपमा सहभागी पूर्व राजा ज्ञानेन्द्र आफ्नो वैवाहिक उत्सवको दिन पारेर महाआरतीमा सहभागी भएका हुन् ।
उनलाई बागेश्वरी गुठीका तर्फबाट अध्यक्ष डा. धवल समशेर राणाले मायाको चिनो प्रदान गरेका थिए भने मूल महन्त चन्दननाथ योगीले स्वागत, सम्मान गरेका थिए ।
धार्मिक तथा राजनीतिक उद्देश्यसहित केही दिनदेखि नेपालगन्जमा मुकाम बनाएर मध्य तथा सुदूरपश्चिम क्षेत्रको भ्रमणमा रहेका पूर्वराजालाई मन्दिरमै जयजयकार गरिएको थियो । उनको बुधवार नेपालगन्जमै ‘नागरिक अभिनन्दन’ राखिएको छ ।
परिवारसहित नेपालगन्जमा पूर्वराजा