नेपाल–भारत सीमा शील, दोहोरो नागरिकतामा निगरानी

नेपाल–भारत जमुनाहा सिमा नाका दुई दिन बन्द गरिने भएको छ ।

बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो।

भोलि मंगलवार १९ वैशाख राती १२ बजेदेखि २१ गते बेलुका ६बजेसम्म जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने जानकारी भारतीय सुरक्षा अधिकारीलेदिएका हुन् । त्यसको जानकारी नेपाली सुरक्षा निकायलाई पनि पठाइएको बताइएको छ ।

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षाचुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमा नाका बन्द गर्न लागिएको हो। त्यसक्रममा सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल, एसएसबीका स्थानीय अधिकारीबीच संयुक्तगस्तीका लागि छलफल पनि भएको छ ।

नाका शील गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमादुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदनशीलताअनुसार कामगर्ने सहमति उनीहरुबीच भएको जनाएका छन् ।

सीमा शील गरिएको अवधिमा एम्बुलेन्स,बिहेजन्तीलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिइनेभारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।

खुला सीमाका कारण साइड नाकाहरूमा पनि विशेष निगरानी बढाइएको जनाउँदै सशस्त्र प्रहरीको बागेश्वरी ३० नम्बर गणले ती क्षेत्रमाकडाइ गरेको जनाएको छ ।

यसैगरी वैशाख १९ गतेबाटै दुई देशका सीमाक्षेत्रमा मदिराकोबेचबिखन र सेवनमा समेत रोक लगाइएको छ । नेपाल र भारत दुवै देशमा विभिन्न तहकानिर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमा नाका शील गरिने गरिएको छ । नेपालीसुरक्षा अधिकारीहरुले त्यसैको निरन्तरता भएको बताएका छन् ।

बहराइचका डिएम डा. दिनेश चन्द्राको नेतृत्वमाभारतीय सुरक्षा अधिकारीको एक टोलीले सीमाक्षेत्रको जायजा लिंदै विशेषत दोहोरोनागरिकताधारीलाई निगरानी गर्न निर्देशन दिएको रुपैडिहाबाट पत्रकार सुरेन्द्र मधेसियालेजनाएका छन् ।

नानपाराका क्षेत्राधिकारी राहुल कुमार पाण्डेय, पुलिस अधीक्षक प्रशान्तकुमार वर्मासहितको टोली लिएर आएका जिलाधिकारी डा. चन्द्राले सुरक्षाका तमामचुरनौतीसँगै दोहोरो नागरिकताको सवाललाई निर्वाचनमा विशेष ख्याल गरिएको संकेतदिएका हुन् ।   

प्रतिक्रिया

प्रतिक्रिया