मुख हेर्ने दिन आमाहरुको सम्मान

मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिवसको अवसर पारेर ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय, नेपालगन्जले सयबढी आमाहरुको सम्मान गरेको छ ।

विहीवार भव्य कार्यक्रमबीच समाजमा उल्लेखनीय भूमिकासँगै कर्तव्य निर्वाह गर्ने नेपालगन्जका प्रतिनिधिमुलक नारीहरुलाई पनि सम्मान गरिएको हो ।

संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णा के.सी.को प्रमुख आतिथ्य आमाहरुको सम्मान गरिएको संस्थाका सचिव ब्रम्हकुमार कृष्ण बहादुर रानाभाटले जानकारी दिए ।

शिक्षा क्षेत्रमा योगदान दिने नारी श्रष्टा किरण आचार्य, अनेकौं वृद्ध वृद्धाहरुको उध्दार गरेर संरक्षणमा नेतृत्वदायी नीलसागर सेवा आश्रमका केन्द्रीय अध्यक्ष सरिता खनाल, पूर्व जनप्रतिनिधि उमा थापा, नारीको न्याय का लागि सशक्त स्तम्भ कलम चलाउने स्तम्भकार, मुस्लिम युवा लेखक साहिदा बानो, भेरी अस्पतालका नर्स मेट्रोन दुर्गा लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको छ ।

त्यस्तै, वागेश्वरी एकेडेमी (वागेश्वरी आ.मा.वि.) का संस्थापक प्रसन्ना राजभण्डारी, फष्ट लायन लेडी मीना ढकाल, राष्ट्रिय खेलकुद परिषदको केन्द्रीय सदस्य सुमित्रा चौधरी, नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य मन्दिरा पाण्डे लगायतलाई पनि योगदानको कदर गरी मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरिएको होे ।

सम्मान ग्रहणपछि कार्यक्रममा युवा लेखक शाहिदा बानोले भनिन्, ‘नारीहरुको हरेक कला होस्, काम होस्, आफ्नो परिवार प्रतिको समर्पण भाव होस्, जिम्मेदारी होस्, उसको सम्मान हरेक दिन गर्न सकेमा परिवारमा, समाजमा शान्ति प्राप्त हुन्छ ।’

सम्मानित व्यक्तित्वसमेत रहेकी प्रदेशसभा सदस्य कृष्णा केसीले आमाको शक्ति सन्तान जन्माएर मात्र नभई, भूमिकाले भूमिकाले स्थापित गर्ने बताइन् । ‘हिसाबले अभिभावकत्व दिनसक्ने महान नारी महान आमा हुनसक्छिन्,’ प्रमुख अतिथि केसीले भनिन्, ‘जन्म दिने आमा हुँदा सबै कुरा भएको महशुस हुने अनुभूति म आफैले गरेकी छु ।’

कार्यक्रममा क्षेत्रीय सचिव ब्र.कु.कृष्ण बहादुर रानाभाटले आमाको मीठो सम्झना भन्ने भावनात्मक कविता, ब्र.कु.ज्योति जंगलेआमाको महिमा कविता, आमाका सम्झना सहितको मर्मस्पर्शी नृत्य कु.आकृसी, कु.आकांक्षा र ब्र.कु.संगिताले प्रस्तुत गरेको कार्यक्रमको सहजीकरण ब्र.कु.मुनाले गरेकी थिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया