ब्रह्माकुमारीमा नयाँ वर्षको स्नेह मिलन

नयाँ वर्ष २०८० को स्वागत गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय, नेपालगन्जले शुक्रवार सकारात्मक चिन्तनद्वारा खुशीयाली जीवन विषयक स्नेह मिलन कार्यक्रम गरेको जनाएको छ ।


संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री शिवराज जोशी ले प्रमुख अतिथिका रुपमा आफ्ना धारणा राखेका थिए ।


सहभागी सबैजनालाई ईश्वरीय उपहार (मायाको चिनो) प्रदान गरिएको कार्यक्रममा संस्थाका क्षेत्रीय सचिव ब्र. कु.कृष्ण ब. रानाभाटले शुभकामना कविता वाचन सहित स्वागत गरेका थिए भने र क्षे.का. नेपालगन्जका उप प्रमुख राजयोग प्रशिक्षिका संस्था का राजयोग प्रशिक्षिका ब्र.कु. मुनाले कार्यक्रमको सहजीकरण गरिन् ।


कार्यक्रममा जिल्ला समन्वय अधिकारी दत्तराज हमाल, गैरसरकारी संस्था महांसघ नेपाल, बाँकेका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सेना, नेपालगन्ज नर्सिंग क्याम्पस प्रमुख तुलसा सुनार, कृषि अभियन्ता नारायण प्रसाद सिग्देल, गाइनो विशेषज्ञ डा.कमर झा, विश्व हिन्दु महासंघ नेपाल, बाँकेका अध्यक्ष भिम प्रसाद सापकोटा, हरित अभियन्ता हेमन्तराज काफ्ले, हिन्दु स्वयंसेवक संघका जिल्ला अध्यक्ष खड्ग बहादुर बोहरा, काँग्रेस नेता ध्रुब दाहाल लगायतका सहभागीले नयाँ वर्षको शुभकामना आदान प्रदान गर्नुका साथै आठौं राष्ट्रिय झण्डा दिवस समेत मनाइएको संस्थाका क्षेत्रीय सचिव ब्र.कु.कृष्ण बहादुर रानाभाटले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया