किसान महासंघमा लुईटेल

नेपाली कांग्रेसको किसान महासंघमा बाँकेकी ऋचा लुईटेल मनोनित भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघको तदर्थ समितिमा लुईटेलसहित १७ जना सदस्य मनोनित गरेका हुन् ।

नेतृत्वमैं बसेर काम गर्ने अवसर आएको छ, यो अवसरलाई खेर जान दिन्न, किसानका पक्षमा राजनीतिक प्रतिफल उपलब्धताका लागि लाग्छु ।
ऋचा लुईटेल
केन्द्रीय सदस्य
नेपाल किसान महासंघ


‘नेतृत्वमैं बसेर काम गर्ने अवसर आएको छ,’ महासंघको केन्द्रीय सदस्यमा मनोनित भएपछि लुईटेलले भनिन्, ‘यो अवसरलाई खेर जान दिन्न, किसानका पक्षमा राजनीतिक प्रतिफल उपलब्धताका लागि लाग्छु ।’


गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा मनोनित हुनेमा सुर्खेतका प्रेमबहादुर घले, काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका महेन्द्रभक्त अधिकारी, तनहुँका प्रभात आले, कास्कीका नम्रता बराल, काठमाडौंका ईश्वर गिरी, कैलालीका डा. जितु उपाध्याय लगायत रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

प्रतिक्रिया