कारितासले बनाउँदै राप्तीसोनारीमा कृषि रणनीति

बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिका स्तरीय कृषि राणनीति बनाउन लागेको छ । त्यसका लागि कारितास नेपालले अध्ययन सर्वेक्षण सुरु गरेको हो ।


कृषि योग्य भूमि रहेको राप्तीसोनारीमा आउने एक महिनाभित्र कृषि रणनीति निर्माणका लागि कारितासका प्राविधिक विज्ञ खटिइसकेका छन् ।

‘समग्र कृषिको विकासका लागि उपयुक्त हुने राणनीति तयार गरी पालिकालाई हस्तान्तरण गरिनेछ’, कारितास नेपाल पश्चिम कार्यालयका प्रमुख जनक शर्माले भने, ‘त्यसका लागि आवश्यक काम सुरु भैसकेको छ ।’


पालिकाले कृषि रणनीतिलाई लिएर शुक्रबार सरोकारवालाहरू बीच योजना तर्जुमा गोष्ठी पनि गरेको छ ।


‘रणनीतिमा टेकेर कृषि विकासका आगामी योजनाहरू बनाउँदा उत्पादन बढ्ने विश्वास गरिएको छ’, पालिका अध्यक्ष तप्त बहादुर विष्टले त्यसका आधारमा आगामी पाइला चालिने जानकारी दिंदै भने ।


पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले रणनीतिका आधारमा पालिका अगाडि बढ्ने बताए । एक महिनादेखि विज्ञ टोलीले गरिरहेको अध्ययनको आधारमा तयार हुने रणनीति आगामी जेठसम्म पालिकालाई हस्तान्तरण गरिसकिने कारितासका प्रमुख शर्माले जानकारी दिए ।

त्यसका लागि अमेरिकी कारितासका विज्ञ डा. निलम, रवि भट्टराई लगायतको टोलीले पालिकामा अध्ययन अनुसन्धान गरिरहेको शर्माले बताए । ‘यसका आधारमा अरुपालिकाहरुमा पनि रणनीति बनाउन साझेदारी गरिनेछ’, शर्माले भने ।

प्रतिक्रिया

प्रतिक्रिया