१९ किलोमिटर पुगेपछि…



‘बिशालले ४२ किलोमिटर दौडमा भाग लिँदैछ’, ह्वाटस्अप गु्रपमा सइदको म्यासेज पपअप भयो ।
म्यासेज हेरेर पहिले त हाँसो लाग्यो ।

एकपटक फेरी दोहोराएर पढे । म्यासेजमा भटाभट रियाक्सनहरु आउन थालिसकेका थिए ।
म भने असमन्जसमा परे । के रिप्लाइ गरौं, के नगरौं ।


तत्कालका लागि इच्च हाँसेको इमोजीको सहारा लिए ।


सन्दर्भ पूर्वी अफ्रिकन राष्ट्र तान्जिानियामा हुन लागेको २१ आंै किलि अन्र्तराष्टिय म्याराथनको थियो । किलि अर्थात अफ्रिकन महादेशको अग्लो हिमाल किलिमान्जारो । किलिमान्जारो हिमालको काखमा रहेको मोसी शहरमा प्रत्येक वर्ष आयोजना हुन्छ यो म्याराथन ।


तान्जानियामा रहेर काम गर्न थालेको करिब एक वर्ष पुग्नै लाग्दा यो प्रतियोगिता हुन लागेको थियो । धेरैजसो सहकर्मीहरुले म्याराथनमा भाग लिनका लागि नाम दर्ता गर्न थालिसकेका थिए । गु्रपमै म्यासेज आइसकेपछि करबलले भएपनि सइदलाई भेट्न गए । उ मुसुमुसु हाँस्दै थियो ।


सइद पूर्वी अफ्रिकामा बोलिने स्वाहिलि भाषा शिक्षक हो । उसले भाषाविज्ञानमै विद्यावारिधि पनि गर्दै छ । साहै्रै हसमिजास र मलाई स्वाहिलि पढाउने शिक्षक पनि ।


उसँग आफ्ना कुराहरु राख्न सहज लाग्ने भएकाले भने, ‘सइद मैले अहिलेसम्म कुनैपनि दौड प्रतियोगितामा झुक्किएर त सहभागी भएको छैन, ४२ किलोमिटर म्याराथनमा कसरी दौडिउँला?’


म बबुरोको वेदना सुनेर उ पनि हाँसु कि के गरु भन्ने भएछ । मलाई ढाढस दिन थाल्यो, ‘हेर बिशाल, यो अफ्रिकाकै सबैभन्दा व्यवस्थित र प्रतिष्ठित मध्ये एक म्याराथन हो । हजारौं मान्छेहरु आउँछन । कोही प्रतियोगिता जित्न, कोही सहभागी हुन भने कोही चाहिँ मात्रै रमाइलो गर्न ।’


तेस्रो तर्कले मलाई तान्यो ।


‘रमाइलो मात्र गर्न?’ मैले आश्चर्य सहितको प्रश्न तेस्र्याए ।


‘हो त, धेरै देशका मान्छेहरु किलि म्याथनको बेलामा रमाइलो गर्न, घुम्न र बिदा मनाउन पनि आउँछन् ।’ सइदले भन्यो ।
अलिकति हिम्मत बढेजस्तो भयो ।


‘सहभागी हुँदा चाहिँ के फाइदा हुन्छ त ?’ पुनः प्रश्न गरे ।


सइदले भन्यो, ‘अब प्रतियोगितामा तीन बिधा छन्, फुल म्याराथन यानि कि ४२ किलोमिटर, हाफ म्याराथन २१ किलोमिटर र रमाइलोका लागि दौड्ने ५ किलोमिटर ।’


फेरी पनि आफुलाई तेस्रो विकल्पकै नजिक पाए । यानिकि ५ किलोमिटर ।


‘४२ र २१ किलोमिटरमा माग लिनेले प्रमाणपत्र र मेडल पाउँछन् । ५ किलोमिटरले केई न केई ।’, सइदको यो भनाईले चाँही एकछिन खिसिक्कै परे ।


धत्तेरिका ५ किलोमिटर भएनी दौडनुपर्ला भनेको त न प्रमाणपत्र, न मेडल । अनि दुःख केका लागि? मनमनै फत्फताए ।
‘२१ किलोमिटर दौडने सबैले मेडल र प्रमाणपत्र पाउँछन त ?’, फेरी सोधे, किनकि ४२ किलोमिटरलाई त मैले दुर–दुर तर सम्भव देखिन ।


‘होनी सबैले पाउँछन्, यदि तोकिएको समयसीमा भित्रमा दौड पुरा गरेमा । यानिकि करिब ५ घण्टामा ।’ सइदको कुराले हिम्मत बढ्यो ।


मन मनै हिसाब लगाए । एक घण्टामा ४ किलोमिटर मात्रै पनि कटाए भने त मेरो मेडल पक्का ।


‘लु उसो भए म पनि २१ किलोमिटरमा माग लिन्छु ।’ खै कसरी आयो हिम्मत, फ्याट्टै भन्दिए ।
अनि सुरु भयो म्याराथन महाभारत ।
२६ फेब्रुअरी, २०२३ बिहान ३ बजेनै आँँखा खुल्यो । साढे ४ बजे मोसी जान गाडि चढिसक्नुपर्ने । मुस्किलले करिब ३ घण्टामात्र निदाउँन सके । भोली कसरी दौडिउँला भन्ने तर्कनाले अघिल्लो रात खासै निद्रा परेन ।


सुत्नेबेलामा शान्त भएर एउटा प्रण भने गरेको थिए, ‘नेपालीको छोरो हुँ, नेपालगन्जिया हुँ, २१ किलोमिटर त कुनै हालतमा पुरा गर्छु, त्यो पनि ३ देखि साढे ३ घण्टामै पुरा गर्छु ।’


झिसमिसे उज्यालोमै मोसी पुगियो । दौड सुरुहुने मोसी कोअपरेटिभ युनिभर्सिटि (मोकु) पुग्न १ किलोमिटर अगावै गाडि रोकियो । सयौं गाडि र हजारौं मानिसहरु बाटा भरी थिए । दौडका लागि तोकिएका नम्बर र जर्सि लगाएर कोही सेल्फि, कोही भिडियो बनाउन व्यस्त थिए ।


भिडमा मिसिएर फोटो भिडियो खिँचे । टिएस ठकुरी, जो नेपालगन्ज म्याराथनका संस्थापक र परिकल्पानाकार पनि हुन्, उनलाई फोटो भिडियो पठाए । किनकी मैले यस वर्ष नोभेम्बरमा नेपालगन्जमा हुने नेपालगन्ज म्याराथनको सन्देश बोकेको थिए ।


फुल म्याराथन दौड सुरु भइसकेका थियो । हाफ म्याराथनको सुरु हुन बाँकी थियो । मन रोमाञ्चित पनि थियो अनि केही हतास पनि । मात्र चिन्ता थियो त ‘मैले २१ किलोमिटर पुरा गर्न सकँुला या नसकुँला ?’
२१ किलोमिटरको दौड सुरु भयो ।
भिडमभाड थियो । साढे ६ हजार बढि दौडँदै थिए । आफैलाई भिडको बिचमा पाएँ । दौड सुरुभएपछिको बाटो केही उकालो थियो । अगाडि आँखाले देखुन्जेल सम्म पनि मान्छे दौडिएकै थिए । अछाडी फर्केर हेर्दा पनि आँखाले देखुन्जेल सम्म मान्छे दौडिनै रहेका थिए । आफु चाहि बिचमा ।
करिब २ किलोमिटरसम्म सहकर्मी डेनमार्ककी सिसिलिया र म सँगसँगै हिड्यौं । सइद लगाएत आधादर्जन बढि सहकर्मीहरु केही पछाडी हिँडिरहेका थिए ।


केही उकालो बाटो काटेर तेर्साे बाटो पुगेपछि हामीले बिस्तारै दौडन सुरु ग¥यौं।
दौडका लागि तयारी गरिरहँदानै सइदले भनेको थियो, ‘हामी कसैलाई जित्न जान लागका होइनांै । आफुले प्रतिस्पर्धा गर्ने आफुसँगै हो । त्यसैले कसैलाई जित्ने कोशिश नगर्नु । बरु जति सकिन्छ आफ्नो रफ्तारलाई एकनास राख्न कोशिस गर्नु ।’
मेरो दौडको गति मुस्किलले प्रतिघण्टा ६ देखि ७ किलोमिटर थियो होला । दौडदै गर्दा सडकमा देखिएका दृश्यहरु गजब थिए । बाटा वरिपरि मान्छेहरु बसेर तालि बजाएर हौसाउँदै थिए । लाग्थ्यो सारा बस्तैनै उठेर सडकमा आएको छ । उनिहरु दौड होइन कुनै ठुलै पर्व हेर्न आएका हुन् ।


दौडनेहरु पनि गज्जब । कोही हातमा, कोही काँधमा स्पिकर बोकेर ठुलो ठुलो आवाजमा गीत घन्काउँदै दौडिरहेका छन् । कोही २०, २५ जनाको झुण्डमा गीत गाउँदै दौडिरहेका छन् । कोही भुभुजेला बजाउँदै दौडिरहेका छन् । कोही विभिन्न खालका मस्कट लगाएर दौडिएका छन् । यौ दौड नभएर कुनै चाड हो जहाँ सबै रमाउन आएका छन् । यी सबै नजारा हेर्दै दौडदा शरिर थाकेको महसुस भएन ।


पाँच किलोमिटर दौडिसकेपछि लस्करै सडकको दायाँ बायाँ पानी र कोकाकोलाका ग्लासहरु राखिएका टेबल देखियो । पानी पिउनेले पानी, कोक पिउनेले कोक । अनि पानीमा भिज्न चाहनेको लागि सावर । साथमा ठुल्ठुलो आवाजमा घन्किरहेको अफ्रिकन म्युजिक त थियो नै ।


आफुले बोकेको आधा लिटरको बोतलमा पानी भरे र करिब १ किलोमिटर हिँडे । मेरो खुट्टाले जवाफ दिन थालिसकेको थियो । तर अब मात्र १६ किलोमिटर त पार गर्नुछ भन्ने सम्झिएर रोमान्चित पनि भए ।


करिब आठ किलोमिटरमा पहिले जस्तै पानी पिउने ठाउँ आयो । यस पटक भने रेडक्रसको स्वयम्सेवकहरुले धावकहरुको खुट्टामा मल्हम र स्प्रे छर्किरहेका थिए । मैले पनि त्यसको फाइदा उठाए । स्प्रे छर्केर आधा किलोमिटर दौडेपछि आयो ओरालो र उकालो कच्चि बाटो । हजारौं जना सँगै दौडँदा कच्चि बाटोमा धुलो उडिरहेको थियो । कोही स्या स्या, कोही फ्या फ्या, असिनपसिन भएर उकालो उक्लिरहेका थिए ।


नौ किलोमिटरबाट बाटो मोडिनुपर्ने थियो । ठाउँपनि गज्जबको रहेछ । किलिमान्जारो हिमाल टक्क अगाडि देखिने । मैले पनि फोटो खिँचे र दौडन सुरु गरे ।


बाटोभरिको नजारा रोमान्चक थियो । १ किलोमिटर हिँड्ने, २ किलोमिटर दौड्ने रणनीति लिएको थिएँ, काम गर्यो ।
प्रत्येक १ किलोमिटरमा माइलस्टोन थियो । प्रत्येक माइलस्टोन पार गर्दा, अब त यति किलोमिटर मात्र बाँकी त होनी भन्दै हिम्मत आइरहेको थियो ।


बाटामा एम्बुलेन्स, मोटरसाइकलहरु पनि दौडिरहेका थिए । एम्बुलेसबाट ग्लुकोज वितरण भइरहेको थियो । मोटरसाइकलहरु भने कसैलाई दौड्न अप्ठेरो भएको बेलामा सहयोग गर्न सकियोस भनेर । बाँकी पुरा म्याराथन रुटमा कुनैपनि सवारीसाधन चल्न दिइएको थिएन ।


बाटाभरी अनगिन्ति फोटोपत्रकारहरु थिए । प्रत्येक धावकको फोटो खिच्नका लागि । जुन फोटोहरु प्रतियोगिताको दोस्रो दिननै आयोजकको वेबसाइटमा गएर आफ्नो दर्ता नम्बर राख्नै बित्तिकै डाउनलोड गर्न सकिन्छ ।
योजना अनुसारनै करिब अढाई घण्टामा १८ किलोमिटर पार गरिसकेको थिए । दौडको रुट पुनः मोसी शहरनै प्रवेश गरिसकेको थियो ।


घाम बेस्सरी चर्किसकेको थियो । पिडौला, घुँडा अनि पैतलाले जवाफ दिन थालिसकेका थिए । शरिरमा भएको ताकत पनि कम भइसकेको थियो ।


अब ३ किलोमिटर मात्र बाँकी भनेर ह्वाट्सअप गु्रपमा म्यासेज गरे । अनि आफ्नो गतिमै दौडन सुरु गरे ।
जब १९ किलोमिटरको माइस्टोन पार गरे । वरिपरि अन्धकार जस्तो लाग्यो । पेटदेखि घाँटीसम्म केही अड्किरहेको जस्तो लाग्यो । पैतला छ कि छैन । खुट्टा सरेको छ कि छैन । वरिपरि कोही मान्छ छन् कि छैनन् । न कसैको आवाज सुने जस्तो लाग्यो । न कोही बेलो जस्तो लाग्यो ।


सायद मान्छेको मष्तिष्क ‘ब्ल्याक आउट’ हुन्छ भनेको यहि होकी जस्तो लाग्छ । हो यहि बेलामा रहेछ, अवचेतन मनले काम गर्ने ।


‘बिशाल अब २ किलोमिटर मात्र बाँकी छ’, झसंग कतैबाट आवाज आएझै भयो । सम्हालिए । दाहिने हातमा बोकिरहेको पानीको दुई घुट्को लिए । लामो श्वास लिए ।


‘१९ किलोमिटर त पार गरिसकिस्, अब २ किलोमिटर मात्र बाँकी छ । अब आएर तैले हिम्मत हार्नु हुँदैन ।’, हिम्मत त आफुले आफैलाई दिनुपर्ने रहेछ ।


चर्किरहेको घाम, पसिनाले निथ्रुक्क भिजेको शरिर अनि असह्य तरिकाले दुखिरहेको खुट्टा र पिडौंला । चुनौति दिँदै पुनः दौडलाई जारी राखे । म जस्तै अरु पनि जसोतसो लक्ष्यमा पुग्ने कोशिशमा दौडिरहेका थिए ।
फिनिस लाइन पुग्न लाग्दा मेडल लगाएर फर्कदै गरेका धावकहरु देखेर भने आनन्द आयो ।


अबको १० मिनेटमा त मेरो घाँटीमा पनि मेडल हुनेछ । त्यही मेडल जसका लागि मैले जीवनमा पहिलो पटक दौड प्रतियोगितामा भाग लिने निर्णय गरे ।


‘अब मैले पनि किलि म्याराथनमा २१ किलोमटिर दौँडेको हुँ भनेर गर्व गर्न पाउँनेछु ।’ मन झनै रोमान्चित भयो । पाइलाहरु हलुका भए ।


मोसि कोअपरेटिभ विश्वविद्यालयको चौरमा फिनिस लाइन बनाइएको थियो । रंगशालाको गेटमा छिर्ने बित्तिकै मानिसहरुले तालि बजाएर हौसला बढाए ।


फुल र हाफ म्याराथनका लागि छुट्टाछुट्टै फिनिस लाइन थियो । सयौंको संख्यामा सुरक्षाकर्मी र स्वयंमसेवकहरु खटिएका थिए । मैले पनि फिनिस लाइन टच गरे । एक महिला स्वयमंसेवकले हातमा मेडल थमाइदिइन र अर्का स्व्यवम्सेवकले चौरमा बसालेर खुट्टामा मल्हम र स्पे्रे लगाइदिए ।


म भन्दा अगाडिनै हाफ म्याराथन पुरा गरिसकेका मेरा सहकर्मीहरुले मेरो पनि हुटिंग गर्दा ठुलै आनन्द लाग्यो । म भन्दा पछि मेरा कार्यालयका ५ जना साथीहरुले दौड पुरा गरे । हाम्रो कार्यालयबाट ११ जनाले हाफ म्याराथनमा भाग लिएका थियौ । जसमध्ये मैले छैठौं नम्बरमा दौड पुरा गरेको रहेछु । बडो आनन्द लाग्यो ।


झुक्किएर पनि दौडमा सहभागी नभएको म, अफ्रिकामा आएर २१ किलोमिटरको दौड, ३ घण्टा ९ मिनेटमा पुरा गरेछु । मैले अन्दाज गरेको ३ देखि साढे ३ घण्टाको समयसीमा भित्र ।


यो मैले भाग लिएको पहिलो म्याराथन थियो, अनि पुरा परेको पनि पहिलो । तर यो प्रतियोगिताले मलाई दुईवटा कुरा सिकाएको छ । पहिलो, अफ्रिकामा म्याराथन मात्र एक खेल होइन, यो एउटा पर्व हो । दोस्रो, कुनैपनि कुरा तबसम्म असम्भव रहेछ जबसम्म त्यसलाई सम्भव बनाउने कोशिस नगरिने रहेछ ।


अब नेपालगन्ज म्याराथन दौडने चाहना छ ।


¬लेखक पुर्वी अफ्रिकि मुलुक तान्जानियामा कार्यरत छन् ।

प्रतिक्रिया

प्रतिक्रिया