बाँकेको खजुरामा रहेको जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले आफ्नो प्रथम साधारण सभा तथा अधिवेशन गर्दै नेतृत्व चयन गरेको छ ।
समाजको आगामी तीन वर्षका लागि चुनिएको कार्यसमितिको नेतृत्वमा झविलाल शर्मा निर्वाचित भएका छन् । निर्विरोध अध्यक्षमा निर्वाचित भएका शर्मा संस्थापक तदर्थ समितिको नेतृत्व गर्दै पहिलो अधिवेशन आयोजना गरेका हुन् ।
कार्यसमितिको महिला उपाध्यक्षमा ऋचालक्ष्मी श्रेष्ठ, उपाध्यक्षमा पूर्णचन्द्र पोख्रेल उपाध्याय, सचिवमा ई. विवेक लामिछाने, कोषाध्यक्षमा रत्ना कार्की, सह–सचिवमा सुजाता खरेल, सह–कोषाध्यक्षमा सीता बोहोरा निर्वाचित भए ।
निर्वाचन समितिका भानुभक्त रिजालले दिएको जानकारी अनुसार, महिला सदस्यहरुमा कुन्ता कुमारी खत्री र सृजना रानामगर हुनु निर्विरोध चयन भएका छन् । खुला सदस्यमा विष्णु प्रसाद पौडेल, प्रचण्ड गौतम, खुमानन्द आचार्य र प्रेम खरेल चयन निर्वाचित भए ।
त्यसअघि भएको अधिवेशन उद्घाटन कार्यक्रममा वक्ताहरुले स्थापनाको छोटो समयमा जनतामा.वि. पूर्व विद्यार्थी समाजले विद्यालय संगको समन्वयमा उल्लेख्य कार्य गर्न सफल बनेको धारणा व्यक्त गरे ।
२०७९ असोज ८ गते गठन गरिएको पूर्व विद्यार्थी समाजले स्थापना देखि हाल सम्मको प्रगति तथा आर्थिक प्रतिवेदन साथै आगामी आर्थिक वर्ष २०८०÷०८१को प्रस्तावित कार्यक्रम र वजेट समेत प्रस्तुत गरेको थियो ।
प्रगति प्रतिवेदन प्रस्तावित कार्यक्रम सचिव ई. विवेक लामिछाने र आर्थिक प्रतिवेदन र प्रस्तावित वजेट कोषाध्यक्ष ऋचालक्ष्मी श्रेष्ठले प्रस्तुत गरेका थिए ।
समाजका अध्यक्ष झविलाल शर्माको अध्यक्षतामा भएको साधारण सभामा उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले विद्यालयको विकास समृद्धि र स्तर उन्नतीको लागी आफ्नो हरदम प्रयास रहने बताए । आफैपनि समाजका सदस्य खत्रीले नयाँ विद्यार्थीहरुलाई उत्कृष्ट बनाउन सबैले पहल गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै खजुरा खेलकुद समितिका सदस्य सचिव छविलाल विष्टले पूर्व विद्यार्थीहरुको यस प्रकारको कामले समाज र दुव्र्यसनीमा लाग्ने युवायुवतीहरुलाई समेत सहि बाटोमा ल्याउन सक्ने प्रेरणा प्रदान गरेको बताए ।
खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम वुढाथोकीले समाजले साँच्चिकै सकारात्मक सन्देश दिने कार्यक्रमहरु संचालन गरेको बताउदै निरन्तरताको लागि आग्रह गरे । समाजका सल्लाकार तथा पूर्व विद्यार्थी डा. पिताम्वर सुवेदी र लालबहादुर खत्रीले सवैको साझाचौतारी बनिरहन सफल रहोस् भन्दै शुभकामना दिएका थिए ।
पूर्व विद्यार्थी तथा हाल राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले समाजलाई १५ हजार रुपैया पनि सहयोग गरे ।
कार्यक्रममा पूर्व विद्यार्थी समाजले अन्तराष्ट्रिय जगतमा खेलको माध्यमद्वारा विद्यालय, समाज र राष्ट्रलाई पहिचान दिलाउने पूर्व विद्यार्थी दिपवहादुर महतरा र केशमाया श्रीसलाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरेकोे थियो ।
साथै पूर्व विद्यार्थी समाजले आयोजना गरेको विभिन्न कार्यक्रममा संयोजकको भूमिकानिर्वाह गर्ने संयोजकहरु डा. पिताम्वर सुवेदी, ई. विवेक लामिछाने, सिता बोहरा, वेद वहादुर सिंह, केयर सिंह थापा र टंकनाथ दाहाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्व विद्यार्थी समाजले विद्यालयलाई १ लाख रकम समेत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयर सिंह थापालाई हस्तान्तरण गरेको छ । कार्यक्रममा पूर्व विद्यार्थी समाजका ९२ जनालाई आजीवन सदस्यताको प्रमाणपत्र समेत वितरणग गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।