पाण्डेलाई हर्ष– पार्वती लोक सांस्कृतिक पुरस्कार

लेखक गोविन्दप्रसाद पाण्डे लाई शनिवार कैलालीको धनगढीमा हर्ष– पार्वती लोक सांस्कृतिक पुरस्कार प्रदान गरिएको छ ।


लोक साहित्य अनुसन्धाता पाण्डेलाई धनगढीस्थित जन पुस्तकालयले आफ्नो ४६ औं वार्षिक साधारण सभामा पुरस्कृत गरेको हो ।


देउडा विगत देखि वर्तमान पुस्तकका लेखकका रुपमा पुरस्कृत पाण्डेलाई सुदुर पश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही र पुस्तकालयका अध्यक्ष डा. टि.एन. जोशीबाट प्रदान गरिएको थियो ।

कैलाली जन पुस्तकालय धनगढीले रू १० हजार राशीको हर्ष– पार्वती लोक सांस्कृतिक पुरस्कार पाण्डेलाई प्रदान गरिएको जनाएको छ । दैनिक नेपालगन्ज लगायत पत्रपत्रिकामा विविध विषयमा लेखनकार्य पनि गर्दै आएका श्रष्टा पाण्डे राष्ट्रसेवक निजामति सेवामा छन् ।

प्रतिक्रिया

प्रतिक्रिया