बालविवाह विरुद्धको सचेतनामा शिक्षक परिचालन थालिएको छ ।

त्यसका लागि बाँके युनेस्को क्लबले बासगढी नगरपालिकामा रहेका माध्यामिक बिद्यालयका शिक्षकहरुसँग अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
दुई दिनसम्म चलेको अभिमुखिकरण प्लान इन्टरनेशनल नेपालसँगको साझदारीमा बाँके युनेस्को क्लबद्वारा बर्दिया जिल्लामा सञ्चालन गरेको बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत सञ्चालन गरिएको हो ।
क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीका अनुसार, शिक्षकहरुलाई दुई दिनसम्म बालबिवाह, यसका कानुनी ब्यबस्थाहरु र बिद्यालयहरुमा अतिरिक्त क्रियाकलापहरुको सुनिश्चितता सम्बन्धी अभिमुखिकरण गरिएको थियो ।
‘शिक्षकहरुमा बालबिवाह, यसका कानुनी प्राबधान, यसका असरहरु, यसको न्युनिकरणमा बिद्यालयको भुमिका बिषयमा क्षमता अभिबृद्धि गरी उनीहरुमार्फत बिद्यालयमा बालबिवाह बिरुद्ध ब्यापक सचेतना अभिबृद्धि हाम्रो उद्देश्य हो,’ क्लबका प्रमुख संरक्षक सिद्दिकीले भने, ‘यसले बालबिवाह न्युनिकरणमा टेवा पुरयाउने विश्वास लिइएको छ ।’
बिद्यालयको बार्षिक कार्ययोजनामा अतिरिक्त क्रियाकपालाई सुनिश्चित गरी अतिरिक्त क्रियाकलापमा बालबिवाह बिरुद्धको बिषय समाबेश गरी कार्यान्वयन गराउन खोजिएको छ । ‘यो अर्काे महत्वपूर्ण उपलब्धी हो,’ सिद्दिकीले भने ।
बाँसगढी नगरपालिकाका उपप्रमुख इन्दिरा चौधरीको बिशेष उपस्थितिमा भएको उक्त अभिमुखिकरणमा बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख छत्र बहादुर शाही र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा पालिकास्तरीय मस्यौंदा अतिरिक्त क्रियाकलाप संचालन तथा ब्यबस्थापन कार्यविधि २०७९ मा ब्यापक छलफल गरिएको क्लबका अध्यक्ष रवि कुमार तुलाधरले जानकारी दिए । उनका अनुसार, बाँसगढी नगरपालिकाका उपप्रमुख इन्दिरा चौधरी र शिक्षा शाखा प्रमुख छत्र बहादुर शाहीले सो कार्यबिधिमा बिद्यालयबाट आएका सुझावहरुलाई समाबेश गरी बाँसगढी नगरपालिकाबाट पास गरी कार्यन्वयन गरिने प्रतिबद्धता ब्यक्त गरे ।
अभिमुखिकरणमा सहभागी शिक्षक, शिक्षिकाहरुले आफ्नो बिद्यालयमा बालबिवाहसम्बन्धी सेसनहरु सञ्चालन गर्ने, बिद्यालयमा बालबिवाह बिरुद्ध जनचेतना अभिबृद्धि गर्न भित्ते पत्रिका प्रकाशन गर्ने र बालबिवाह बिरुद्ध बिद्यालयको फेसबुक पेजमार्फत ब्यापक जनचेतना अभिबृद्धि गर्ने र अतिरिक्त क्रियाकलापलाई बिद्यालयमा अनिबार्य र नियमित सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।