दिल्लीदेखि आइपुगे साइकल यात्री

नेपालगन्ज साइक्लिङ क्लबले गर्यो स्वागत


भारतको राजधानी सहर दिल्लीबाट आइपुगेका साइकल यात्रीको टोलीलाई नेपालगन्ज साइक्लिङ क्लबले बुधवार दिउसो कोहलपुरमा स्वागत गरेको छ ।

क्लबका अध्यक्ष सतिश निरौलाको नेतृत्वमा नेपालगन्जबाट पुगेका साइकल अभियन्ताहरुले भारतीय साइकल यात्रीहरुलाई स्वागत गरेका हुन् ।


क्यापिटल टू क्यापिटलका लागि भारतीय राजधानी दिल्लीबाट नेपालको राजधानी काठमाडौ सम्मको १०४४ किलोमीटर साइकल यात्रामा निस्किएको टोली बुधवार कोहलपुर हुँदै पूर्वतर्फ लागेको छ ।

त्यसक्रममा सात जना साइकल यात्री र दुई अफिसियल सहित नौ जनाको टोलीलाई बाँकेको कोहलपुरमा स्वागत गरिएको क्लब अध्यक्ष निरौलाले जानकारी दिए ।


त्यसक्रममा आयोजक द पेडलर्सका रभिन्दर सिह ओभरायले दुई देश बिचको आपसी भाइचारा र सम्बन्ध प्रगाढ गर्ने उद्देश्य सहित साइकलमा नेपाल भ्रमणको कार्यक्रम आयोजना गरिएको बताए ।


आयोजक टोली सदस्य जसप्रीत सिंहका अनुसार, साइकल यात्रामा भारतका विभिन्न सहरबाट सहभागी मध्य यो यात्राको एम्बेसडरका रूपमा कनवर गिल सहभागी छन् । अन्य सहभागीमा मेघा जैन, विनिता सर्मा, डाक्टर मुस्तफा, डाक्टर राहुल, आसिफ मल्वासी, रबिन्दर कुमार सिंह सहभागी छन् ।


२० फेब्रुअरीमा दिल्ली स्थित इन्डिया गेटबाट सुरु भएको साइकल यात्रा २५ फेब्रुअरीमा नेपालको राजधानी काठमाडौं पुगेर समापन गर्ने योजना अनुसार आयोजना गरिएको द पेडलर्सले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया