आजदेखि औद्योगिक मेला

‘व्यापारसँगै कला संस्कृति र मनोरञ्जनको संगम’


बाँकेको नेपालगन्जमा आज मंगलवारदेखि ‘चौथो प्रादेशिक औद्योगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ आयोजना गरिंदैछ ।


महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिन आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.ले सोमवार पत्रकार सम्मेलन गरि लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले आयोजनाको उद्घाटन गर्ने जनाएको छ ।


आयोजक सचिवालय संयोजक जी.आर. भुसालले माघ २४ गतेसम्म नेपालगन्ज–१८ स्थित सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा सञ्चालन हुने महोत्सव ‘समृद्ध नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको बताए ।


‘धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म भब्य झाँकी सहित ¥याली आयोजना गरिएको छ,’ सचिवालय संयोजक भुसालले भने, महोत्सव उद्घाटन लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसीको प्रमुख आतिथ्यतामा आयोजना हुने तय गरिएको छ ।’
महोत्सवले व्यवसायिक अवस्थामा सुधारका लागि माहोल बनाउने अपेक्षा आयोजकको छ ।

‘विगत केही वर्षदेखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेको परिस्थितिलाई मध्यनजर गर्दै यो महोत्सव आयोजना गरिएको हो,’ सचिवालय संयोजक भुसारले भने, ‘हामीलाई विश्वास छ, यसले बजारको उकुसमुकुसलाई खुकुलो बनाउन सहयोग गर्छ ।’


आयोजक मूल समितिका संयोजक मधु खड्काका अनुसार, महोत्सवमा १२ जिल्लाका उद्यमीहरुको उत्पादन गरेको वस्तुलाई पहिलो प्राथमिकता तथा स्थानीय वस्तुलाई प्राथमिकताका साथ स्टल दिइएको छ । करिब २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षासहित २ करोडबढीको कारोबार हुने योजनाका साथ शुरु हुने महोत्सवबाट घरेलु उत्पादनले बजार बनाउने विश्वास आयोजकको छ ।


महोत्सवमा ३ सय स्टल मध्ये थारु होमस्टे र थारु गाउँसमेत समावेश गरिएको आयोजकले जनाएको छ । महोत्सवलाई मख्य आर्कषक बनाउन लघु घरेलु साना उद्योगीको ६० प्रतिशतभन्दा बढी उत्पादनका स्टलहरु रहेको जानकारी आयोजकले दिएको छ ।


पहिलोपटक महोत्सवमा कुस्ती प्रतियोगिता आयोजना हुनेछ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापालगायतका खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।


यस्तै महोत्सवमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने दावी आयोजकले गरेको छ । महोत्सवभित्र टिकटक प्वाइन्टसमेत रहने छ । महोत्सवमा आयोजकले अपेक्षा गरेको छ । स्टलमा पर्दा, लाइटको व्यवस्था, स्वागत गेट, बाल उद्यान जडान, फिल्डको सफाई, मञ्च लगायतका सजावटको कार्य अन्तिममा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।


‘महोत्सवलाई रमाइलोको थलो, जमघट हुने थलो र व्यापार गर्न सक्ने तथा सम्भावित लक्ष्यहरु पुरा गर्न सक्ने थलोको रुपमा व्यापकता दिन खोजिएको’ आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले भनेको छ ।


आयोजक प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकार ¥यापर भि–टेन, गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, ¥यापर लाहुरे, माइला, टंक तिमिल्सेना र गायिका रेखा जोशी निम्त्याइएको बताए । ¥यापर मिस्टर आरजे, गायिका सृजना खत्री (हाउडे माया), गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर अञ्जली अधिकारी, आरुषी मगर, रुबिना अधिकारी, गायिका शान्तीश्री, मेलिना राई, बिन्दु परियार पनि महोत्सवमा ल्याउन खोजिएको छ ।


त्यस्तै गायक एमटी महर, चन्द्र शर्मा, बाल गायक सुप्रिम मल्ल, बाल गायिका कमला घिमिरे, कमेडी कलाकार भटभटे/पुतली, बल्छी/राजु माष्टर लगायतका कलाकारहरुको बेजोड प्रस्तिुति रहनेछ भने स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।


अन्तरर्राष्ट्रिय कलाकारमा व्यापक चर्चा कमाएका भोजपुरी गायक खेसारीलाल र मोडेल डान्सर प्रिती पासवानलाई पनि महोत्वसमा नेपालगन्ज बोलाइएको प्रचार संयोजक कंडेलले बताए ।


आयोजकले मुख्य प्रयोजकमा ट्रिटेक स्टिल इन्डष्ट्रिजलाई छनोट गरेको जनाएको छ । उप–मुख्य प्रायोजकमा मेरो प्लानेट, सह–मुख्य प्रायोजकमा र भुसाल ग्रुप, प्रायोजकमा होटल स्टार लाइट, पावर महिन्द्रा, सह–प्रायोजकहरुमा रकल्याण्ड हस्पिटल, होटल सीताराम गेस्ट हाउस, देभिना हस्पिटल, मेडिकल पार्टनरमा एचसीआरसी हस्पिटल राखिएको आयोजकले जनाएको छ ।


त्यस्तै, इन्सुरेन्स पार्टनर नेको इन्सुरेन्स लि., इन्टरनेट पार्टनरमा भायोनेट, स्कीन पार्टनरमा नेपालगन्ज स्कीन सेन्टर, ब्युटी पार्टनरमा आसिम शैलुन, प्रिन्ट मिडिया पार्टनरमा दैनिक नेपालगन्ज, न्यूजपोर्टल नाइल खबर र सोसल मिडिया पार्टनरमा नेपालगन्ज ग्यालरी रहेका छन् ।


सबैको सहकार्यमा महोत्सवलाई ‘व्यापारसँगै कला संस्कृति र मनोरञ्जनको संगम’का रुपमा लिइएको मूल समितिका संयोजक खड्काको भनाइ छ । ‘यसले सुस्त व्यवसायिक अवस्थालाई चलायमान बनाउनेमा आशा लिएका छौं,’ घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्षसमेत रहेकी खड्काले दैनिक नेपालगन्जसंग भनिन् ।

प्रतिक्रिया

प्रतिक्रिया