न्याय माग्दै सडकमा पीडित

एक नवयुवकको ज्यानै जानेगरि नेपालगन्जको न्यूरोडस्थित भानुभक्त चोक नजिक शनिवार भएको सडक दुर्घटनामा पीडितले न्यायसँगै क्षतिपूर्तिका लागि दबाब दिएका छन् । पीडित परिवारका आफन्तहरूले ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि ट्रक धनी, समिति सम्पर्कमा नआएको भन्दै क्षतिपूर्तिका लागि जिल्ला प्रहरी कार्यालय बाँकेलाई आइतबार दबाब दिएका हुन् ।


आइतबार जिल्ला प्रहरी कार्यालय पुगेर दोषीलाई कारवाही र क्षतिपूर्तिका लागि समिति झिकाउन आग्रह गरेपनि सुनुवाई नभएपछि सोमबार पीडित पक्षले सडक अवरुद्ध पारेका छन् । नेपालगन्जको कारकाँदो चोक र धम्बोझी चोकमा पीडित पक्षले सडक अवरुद्ध गर्दै अहिले पनि प्रदर्शन गरिरहेका छन् ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा आएपनि ट्रक धनी सम्पर्कमा नआउँदा मृतकका आफन्तहरू आक्रोशित भएको बताउँछन् ।


ट्रक धनी सम्पर्कमा नआउँदा पीडित परिवारलाई उपलब्ध गराउने क्षतिपूर्तिका विषयमा छलफल नपाएकोले परिवार र आफन्तले मृतकको शव पनि नबुझेका प्रहरीको भनाइ छ ।


शनिवार न्यूरोड सेतु बि.क चोकबाट त्रिवेणी मोडतर्फ जाँदै गरेको ना ७ ख १७ नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिंदा दैलेख, नारायण नगरपालिका वडा नम्बर ५ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ निवासी तेजन थापा मगरको मृत्यु भएको थियो ।


प्रहरीले समितिलाई सम्पर्कमा ल्याउन बेवास्ता गरेपछि बाध्य प्रहरी सडकमा उत्रनु परेको बताएका छन् ।

तस्बिर: हारुन कबिर \ अब्दुल रसिद हल्वाइ

प्रतिक्रिया

प्रतिक्रिया