राष्ट्रपतिद्वारा प्रचण्डलाई प्रधानमन्त्री नियुक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ ९२० अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

प्रचण्डले आफुलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न नेकपा माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका नेताहरु शितल निवास पुगेका थिए ।


राष्ट्रपति कार्यालयका अनुसार प्रचण्डको शपथ सोमबार दिउँसो चार बजे राष्ट्रपति निवास शितल निवासमा हुनेछ ।‍
सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्।


राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया