सामाजिक कार्यमा ब्राइट होप

ब्राइट होप एकेडमीले सामाजिक क्षेत्रमा योगदान पुर्याउने योजनालाई कार्यान्वयन गर्न सुरु गरेको छ । त्यसक्रममा शनिबार आफ्नो विद्यालय रहेको नेपालगन्ज–१८ कारकाँदो गाउँमा बृहत सरसफाई कार्यक्रम गरेको छ ।

विद्यालयका संस्थापक अध्यक्ष समेत रहेका नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव कुसुम रानाभाटले विद्यार्थीहरूलाई सामाजिक कार्यमा प्रेरित गर्ने उद्देश्यले ब्राइटहोप सामाजिक कार्यमा समर्पित भएको बताए ।

मानवअधिकार दिवसको अवसर पारेर सुरु गरिएको टोल सफाईका क्रममा ३ सय बढी विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीले स्थानीयबासीसँगको सहकार्यमा सरसफाई कार्य गरेका थिए ।

ब्राइट होपका वरिष्ठ अभिभावक अक्कल बहादुर बमले कुचो लगाएर शुभारम्भ गरेको सरसफाई अभियानमा अभिभावक प्रतिनिधि तुल्सीमणि केसीले विद्यालयले अघि सारेको सामाजिक सेवाको अभियानलाई सहयोग पुर्याउने बताए । ब्राइट होपले कम्तिमा चार वटा सामाजिक क्षेत्रमा काम गर्ने रानाभाटले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया