म्याराथन तयारी तिब्र

धारा नेपालगन्ज म्याराथनमा जोडियो सिद्धार्थ


आगामी मंसिर २४ गते शनिवार हुने आठौं धारा नेपालगन्ज म्याराथनको तयारी तिब्र पारिएका छन् । त्यसक्रममा सरोकारवालाहरुसँगका नियमित बैठक, भेला र समन्वयका कामलाई तिब्रता दिइएको हो । सबैलाई आयोजनासँग् जोडेर साझा बनाउदै अपनत्व बोध गराउने आयोजकको धारणा छ ।


आयोजनामा सिद्धार्थ बैंकले अफिसियल बैंकिङ पार्टनरका रुपमा साझेदारी गर्ने भएको छ ।
त्यसका लागि बैंकका उपप्रदेश कार्यालय हेड उपेन्द्र प्रकाश गड्तौला र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका सिओओ सौगातविक्रम शाहले आइतवार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ‘सम्झौतापछि नेपालगन्ज म्याराथनसम्बन्धी सम्पुर्ण कारोबार सिद्धार्थ बैंकबाट गरिनेछ,’ आयोजक क्रियटिभ ह्याण्ड्सले भनेको छ ।


गौतम बुद्धको जन्मथलो लुम्बिनीकै परिचयका रुपमा स्थापित नेपालगन्ज म्याराथनसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उपप्रदेश प्रमुख गड्तौलाले सम्झौता कार्यक्रममा बताए । क्रियटिभ गन्जका सिओओ शाहले सिद्धार्थ बैंकसँगको सहकार्यले अन्य नीजि क्षेत्रलाई पनि प्रोत्साहित गर्ने धारणा राखे ।


विश्व म्याराथनको नियमनकारी निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट रुट प्रमाणीकरण तथा पुर्णकालीन सदस्यता प्राप्तिपछि हुन लागको आठौं संस्करणमा विदेशी धावकको समेत सहभागिता रहनेछ ।


धेरैभन्दा धेरै विदेशी खेलाडीलाई नेपालगन्ज म्याराथनमा सहभागी गराइ यस ठाउँलाई गन्तव्यका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दै जानुपर्ने सिओओ शाहको भनाइ छ ।


यसपटक दुई दिने कार्यक्रम गरी नेपालगन्ज म्याराथन आयोजना गरिंदैछ । पहिलो दिन शुक्रवार दिउँसोदेखि रातिसम्म उपमहानगरपालिका परिसरमा बिभिन्न बिषयमा मन्थनका साथै स्वादको सहरका रुपमा चिनाउने कार्यक्रम समेत हुनेछ । साथै कवि गोष्ठी र मुसायरा पनि हुनेछ । शनिवार बिहान म्याराथन आरम्भ हुनेछ ।


हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।


‘नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको म्याराथनको तयारी द्रुत गतिमा अगाडि बढाएका छौं,’ आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले भने ।

आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्जको अर्को प्रतिष्ठित व्यवसायिक घराना शिखर प्लाईले सहप्रायोजन गरेको छ भने केएल दुगड ग्रुपकै ज्ञान खाद्यानले सहप्रायोजन गरेको छ ।


कान्तिपुर टिभी पावर्ड बाइ पार्टनरका रुपमा रहेको छ । होटल सोल्टी वेष्टइन्ड प्रिमियर हस्पिटालिटी पार्टनर, भायोनेट आईएसपी पार्टनर, बडवाइजर सेलिब्रेसन पार्टनर, सगरमाथा सिमेन्ट स्ट्रेन्थ पार्टनर, वेष्टर्न हस्पिटल मेडिकल पार्टनर, नेपाली पात्रो कम्युनिटी पार्टनर, दराज इकमर्स पार्टनर, हाम्रो खेलकुद डट कम ब्रोडकास्ट पार्टनर, जिनेपाल फोरके टिभी टेलिभिजन पार्टनर, दैनिक नेपालगन्ज प्रिन्ट मिडिया पार्टनर, नेपालगन्ज ग्यालेरी र कोहलपुर ग्यालेरी सोसल मिडिया पार्टनर रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, लुम्बिनी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद महत्वपुर्ण साझेदारका रुपमा रहेका छन् ।


यसबर्ष नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)ले प्रमाणीकरण गरेको आयोजकले जनाएको छ ।


‘हरेक खेलाडीका लागि अब नेपालगन्ज म्याराथन प्रवेशद्वारका रुपमा रहनेछ,’ क्रियटिभ ह्याण्ड्सका अध्यक्ष ठकुरीले भनेका छन्, ‘यो नेपालगन्जका लागि, लुम्बिनी प्रदेशका लागि र नेपालका लागि उपलब्धिमुलक रहनेछ । यो हामी सबैको लागि खुशीको कुरा हो ।’


गत बर्ष झैं यस बर्ष पनि बिभिन्न ११ वटा विधामा स्पर्धा समावेश गरिने भएको छ । कर्पोरेटतर्फ महिला यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ । साथै बिभिन्न विधालाई समेट्दै पुरस्कृत गरिनेछ ।

सहभागिता एवं भव्य बनाउने आधारमा शैक्षिक संघसंस्था, क्लब, आमा समुह, वडा समिति, बिभिन्न भेषभुषा र कला सम्बन्धि बिषयमा समेत मुल्यांकन गरी पुरस्कृत गरिने अध्यक्ष ठकुरीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया