हाम्रो प्रयासः मुलुकभित्रै पेपर मिल

गरिवी, बेरोजगारी, परम्परागत कृषि प्रणाली, चरम व्यापार घाटा बोक्दै हिँडेको नेपाली समाजलाई देशभित्रै सानो–सानो पुँजी सङ्कलन गरी औद्योगिक क्रान्ति सिर्जना गर्नका लागि स्वदेश भित्र खेराजाने वा प्रयोगविहिन वस्तुहरूलाई प्रशोधन गरी दिगो व्यवसायिक अवसरहरूको सदुपयोग तथा स्वदेशमै रोजगारी सिर्जना, नमुना उद्योग स्थापना, व्यापारघाटाको न्युनिकरण गर्दै समाजबाद उन्मुख अर्थतन्त्र निर्माणमा टेवा पुर्याउन हामी लागी परेका छौं ।

पब्लिक साझेदारिमा आधारित व्यवसायिक उद्योगको सञ्चालन तथा व्यवस्थापन गर्दै देशकै गौरवको उद्योग स्थापना गर्ने, दिगो स्रोत व्यवस्थापन सहितको रणनीतिक योजना कार्यान्वयन गर्ने, नेपाल सरकारले लक्षित वर्गहरूको गरिवी न्युनिकरणका लागि लिएको उद्देश्य प्राप्तिका लागि महत्वपुर्ण साझेदारी गर्ने लक्ष्यका साथ परियोजना अगाडी बढाइएको हो ।
एक्सिलेण्ट पेपर रिसाइकल कन्सर्न प्रा. लि.(प्रस्तावित एक्सिलेण्ट पेपर मिल कम्पनी लिमिटेड) नेपाली जनतालाई स्वदेश भित्रै श्रमगर्ने वातावरण श्रृजना गर्न तथा बैदेशिक रोजगारीलाई निरुत्साहित गर्न ‘आफै श्रमिक, आफै मालिक–उत्पादन हाम्रै नेपालको’ भन्ने मूलनाराका साथ अगाडी बढाइएको उद्योग हो । यो उद्योगले बाँके जिल्ला राप्तिसोनारी गा.पा.–२ मा जग्गा खरिद तथा उद्योग स्थापनाको लागी सम्पुर्ण प्रक्रिया पुरा गरी पहिलो चरणको निर्माण कार्य डि.पि.सी.सम्मको काम गरिसकेको छ ।

देशको अर्थतन्त्र व्यापार घाटामा सिमित भएको अवस्थामा वित्तिय लगानी चुनौतिपुर्ण कार्य हो । यद्धपि यहि चुनौतिलाई आत्मसाथ गर्दै पहिलो चरणमा पेपर रिसाईकल उद्योग स्थापना गरी उत्पादन गर्न शेयर विक्री गर्दै निर्माण कार्यमा लगानी गरिरहेका छौँ । तपाईहरूको शेयर पुँजी सदुपयोग गर्दै उत्पादनशिल उद्योग स्थापना गर्ने र राष्ट्रको अर्थतन्त्रमा टेवा पु¥याउने तथा लगानीकर्तालाई उल्लेख्य नाफा दिनसक्ने गरी उद्योग निर्माणमा लागी परेका छौँ ।

पेपर बनाउने कच्चा पदार्थ (बावियो, पराल, बाँस, ऊँखुको छोक्रा, अम्लिसो, गहुँको नल, काँसघाँस) अत्याधिक मात्रामा देशभित्रै हुँदा पनि उत्पादन गर्न नसकिरहेको अवस्थामा हाम्रो प्रयासले उत्पादन गर्न सकिने कुरालाई हामी विश्वस्त बनाउन चाहन्छौँ । देशमा पेपर बनाउने कच्चा पदार्थ उत्पादन नहँुदा आयातमा मात्र भर पर्नुपर्ने र पेपर आयातमा भन्सार महसुल अत्यधिक हुँदा पेपर तथा पेपरजन्य पदार्थ लागत भन्दा अत्यधिक मुल्यमा बिक्री वितरण भईरहेको छ । देशको अर्थतन्त्रमा १० प्रतिशत योगदान दिने छापाखाना तथा छपाई व्यवसाय आज पेपर अभावमा दिनानुदिन निरुत्साहित हुँदै गइरहेका छन् ।
वित्तिय संस्थाको चर्को व्याज तथा आयातित पेपरमा चर्को मुल्य तिर्न बाध्य उद्योगीलाई हाम्रो प्रयासले पेपर अभाव हुन दिने छैन, शैक्षिक सत्र सकिने बेलासम्म पनि किताव नपाएर पढ्न नपाउने गरिव जनताका छोराछोरीको शैक्षिक स्थिति सुधार्न सकिन्छ कि भनेर लागी परेका छौं । दुई पुँजीवादि समृद्धिराष्ट्रको विचमा पेपर उद्योग स्थापना गर्न चुनौतिपुर्ण कार्य हो तसर्थः आउनुहोस् सबै मिलेर देशभित्रै प्रशस्त मात्रामा पाईने कच्चा पदार्थबाट पेपर उत्पादन गराँै, सबैले लगानी गारै“ ।

छरिएर रहेको पुँजी सङ्कलन गरी उद्योग स्थापना गरौँ । तपाईहरूको लगानी वृद्धिभएर तपाईलाई नै आउने छ । तपाईको लगानीले अवश्य नै देश विकासमा टेवा पु¥याउने छ । (लेखक भण्डारी एक्सिलेण्ट पेपर रिसाइकल कन्सर्न प्रा. लि.को नेतृत्व गर्छन् । उनी प्रस्तावित एक्सिलेण्ट पेपर मिल कम्पनी लिमिटेडका लागि क्रियाशील छन् ।)

प्रतिक्रिया

प्रतिक्रिया