मतदान दिन नजिकिदै गर्दा माओवादी केन्द्र बाँके क्षेत्र नं.२ (२) का प्रदेशसभा सदस्य पदका उम्मेदवार अकल बहादुर बमले आफ्नो चुनावी अभियानलाई तीब्रता दिएका छन् ।

विकासप्रेमी युवा काम गर्न सक्नेलाई मत दिन अपील गर्दै बाँके क्षेत्र नम्बर २(२)को समग्र विकास र समृद्धिका लागि उम्मेदवारी दिएको बताउने बमले सामुहिक घरदैलोसँगै निर्वाचन अभियानलाई तिब्रता दिएका हुन् ।
मंगलवार र्याली गरेका बलमे बुधवार सामुहिक घरदैलो गरिरहेको बताए । कारकाँदो देखि सुरुभएको र्याली घरदैलो पुष्पलाल चौक, धम्बोझी, बिपि चोक, गणशेमान चोक हँुदै भेरी अस्पताल त्रिभुवन चोक,न्युरोड हुँदै बसपार्क गएर कोणसभा गरेको थियो । माओवादी केन्द्र बाट प्रदेशसभा उम्मेदवार अकल बहादुर बमले मतदातामाझ आफ्नो चुनावी सम्वोधन गरे ।
अधिकांश सम्वोधनमा उनले आफ्नो एजेण्डा विकास र सम्बृद्धि भएको स्पष्ट पारेका छन् ।
विगत लामो समयदेखि यस क्षेत्रमा भएका समस्या र त्यसको उपायको बारेमा आफु विज्ञ रहेको औल्याउँदै बमले सार्वजनिक प्रशासन/सुशासन/सामाजिक सुरक्षा, पुर्वाधार विकास, व्यापार/व्यवसाय /कर तथा अर्थ व्यवस्था लगायतबारे आफ्नो चासो दर्शाए ।
‘आर्थिक नीति तथा श्रोतको परिचालन, र विकास शिक्षा र स्वास्थ्य, युवा /खेलकुद तथा स्वरोजगार, आदिवासी /जनजाति /थारु/दलित मुस्लीम/मधेशी नीती, शान्ति सुरक्षा र न्याय व्यवस्था, सुचना तथा सञ्चार र गैर सरकारी संघ–संस्था र परिचालनका विषयमा काम गरेर देखाउनेछु,’ प्रदेशसभा सदस्यका उम्मेदवार अकल बहादुर बमले कोणसभामा भने ।
यस क्षेत्रमा रहेको खानेपानी समस्या समाधान गर्न, बिद्यालयको शैशिक सुधारकालागी काम गर्न र वडास्तरबाटै जनमैत्री सेवा प्रवाह गर्ने उम्मेदवार बनेको बताउने बमले त्यसअघि अप्रत्यक्ष रुपमा विभिन्न क्षेत्रका अगुवासँग भेटघाट गरि निर्वाचनमा आफु होमिनुको कारण र अभियानबारे प्रष्ट पारेका थिए ।










