बासको अभियान, ‘भ्रष्टलाई हराऔं’

असल उम्मेदबार जिताउन बासको अभियान चलाएको हो

निर्वाचन सचेतना अभियान सञ्चालन गरेको बास नेपालले भ्रष्टलाई मत नदिन आव्हान गरेको छ । भ्रष्टाचारविरुद्ध क्रियाशील युवा संगठित बासले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा असल उम्मेदबारलाई जिताउन सार्वजनिक रुपमै सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।


नेपालगन्जको बीपी चोकबाट निर्वाचनमा असल उम्मेदबार छान्ने लगायतका सचेतनामूलक सन्देश सहितको बोर्ड राख्दै अभियान शुरु गरेको बासले मुलुकका ७७ वटै जिल्लामा सचेतना फैलाउने जनाएको छ ।


बासका सूचना अधिकारी हेमराज भट्टले अभियानका क्रममा आम नागरिकहरुलाई फोटो खिचाउन आव्हन गर्दै ‘भ्रष्टलाई हराऔं, इमान्दारलाई जिताऔं’ सन्देश फैलाइएको बताए ।


‘हाम्रोलाई होइन राम्रोलाई छानौं,’ नारालाई मतदातामाझ पुर्याइरहेका बासका अभियन्ताहरुले त्यसक्रममा सोध्नेछन्, ‘कसको पैसा कसको बिकास अब खोज्नु पर्छ पुरा हिसाब’ । ‘खोट नभाको नेतालाई मात्र हाम्रो भोट’ लगायत नारा सहितको बोर्डमा फोटो खिचाएर सामाजिक सञ्जालमा अपलोड गर्न भनिएको छ ।


अभियानका लागि प्रविधिको अधिकतम उपयोग गर्दै सामाजिक सञ्जालहरु मार्फत आमनागरिकहरुलाई राम्रो उम्मेदबारलाई जिताउन केन्द्रीय कार्यालय र ७७ जिल्ला शाखा मार्फत अभियान अभियान चलाइएको बासले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया