प्रचारको दोस्रो चरणमा जसपा

आसन्न निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालले बाँकेको क्षेत्र नं २ मा दोस्रो चरणको चुनावी प्रचार प्रसारको तयारी थालेको जनाएको छ ।

प्रदेश सभा उम्मेदवार आदेश अग्रवालले आफु्हरु छिट्टै चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने जानकारी दिए ।


जसपा बाँकेको प्रचार सचिवालयका अनुसार, पहिलो चरणको घरदैलो अभियान सकिएपछि अब जसपाले दोस्रो चरणमा चुनावी अभियान थाल्ने भएको हो । ‘अभयान आक्रमक हुने’ जसपाको भनाइ छ ।


निर्वाचन आयोगले बिहीबारदेखि दलहरूलाई दोस्रो चरणका कार्यक्रमहरू गर्न अनुमति दिएको थियो । त्यसै अनुसार अबको चरणमा जसपाले क्षेत्र नं २ मा चुनावी आमसभा र मतदाता भेटघाट कार्यक्रमहरूलाई निरन्तरता राख्ने जनाएको छ ।


जसपा बाँके क्षेत्र नं २ का चुनाव प्रचार प्रसार समितिका अनुसार बिहीबार पनि उम्मेदवारहरूले घरदैलो अभियान तथा मतदाता भेटघाट गरेका छन् । ‘अब जसपाले स्वंयसेवकहरूलाई खटाएर मतदाताहरूलाई मतपत्रमा सही तरिकाले छाप लगाउन सिकाउने लगायतका कामहरू गर्नेछन्,’ पार्टीले पठाएको जानकारीमा उल्लेख छ ।


जसपाका प्रदेश सभा उम्मेदवार आदेश अग्रवालले आफु्हरु छिट्टै चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया