त्रिभुवन चोकमा चल्यो गोली

गए राती मध्यरातमा नेपालगन्जको त्रिभुवन चोकमा एकाएक फायर खोलिएको छ ।

युवाहरुको सामान्य झगडामा गोली हान्ने धम्की दिंदै फायर खोल्नेलाई प्रहरीले खोजी कार्य अगाडि बढाएको जनाएको छ ।
‘एकाएक गोली चलेको आवाज नजिकै रहेको प्रहरीले सुनेको थियो’, प्रत्यक्षदर्शी भन्छन्, ‘तिहारको बेला पटाका पट्कियो होला भनेर नजर अन्दाज गर्दा अपराधी भागे ।’

बाँके प्रहरीले घटनाको पुष्टि गरेको छ । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाबारे यतिमात्रै भने, ‘घटनामा संलग्नको पहिचान भैसकेको छ, प्रहरीले छिट्टै हतियारधारीलाई पक्राउ गर्छ ।’ उनले कानुन भन्दा कोही नरहेकाले सार्वजनिक ठाउँमा फायर जो कसैलाई पनि कारवाहीको दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया