समाजवादीको निर्वाचन अभियान

नेकपा एकीकृत समाजवादी बाँकेले आसन्न निर्वाचनलाई लक्षित गर्दै निर्वाचन केन्द्रित अभियान संचालन सुरु गरेको छ । अभियान अन्तरगत निर्वाचन क्षेत्र नं ३ ख अन्तरगतका १२ वटै वडामा निर्वाचन परिचालन कमिटी गठन गरेको प्रदेश संयोजक ऋषि पोखरेलले जानकारी दिएका छन् ।

निर्वाचन परिचालन कमिटी गठन कार्यक्रमलाई सम्वोधन गर्दै पार्टी सचिव दिपक जिएमले सम्पूर्ण पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिन निर्देश दिए । ‘हामी संग धेरै समय छैन सबै साथीहरू गठवन्धनलाई जिताउन र समानुपातिकमा धेरै भन्दा धेरै कलम चिन्हमा मत खसाल्न लागौ,’ उनले भने । कार्यक्रमको सञ्चालन प्रदेश सचिव सुनिल घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया