‘सि–क्वालिफाइड’मा उत्रदै नेपालगन्ज

बाँकेको फुटबललाई व्यवसायिक र उत्पादक बनाउन अग्रसर नेपालगन्ज–११ स्पोर्टस टिम क्लबले आफ्नो टिमलाई सि–क्वालिफाइड फुटबल लिगमा उतार्ने भएको छ ।

क्लब अध्यक्ष घनश्याम थापाले त्यसका लागि स्थानीय स्तरबाटै आवश्यक प्रयास गरेको जानकारी दिए । नेपालगन्ज–११ स्पोर्टस क्लबले पहिलो पटक बाँकेका खेलाडीलाई सि–क्वालिफाइड लिगमा उतार्न लागेको जानकारी दिन बुधबार पत्रकार सम्मेलन आयोजना गरी त्यसबारे ‘मिडिया ब्रिफिङ’ गरेको हो ।

‘यो हाम्रा लागि गौरवको कुरा हो’, देशका विभिन्न विभागमा भएका प्रतियोगिताहरूमा उपाधी विजेता, उपविजेता बनेर नेपालगन्जको प्रतिनिधित्व गरेको नेपालगन्ज–११ का अध्यक्ष थापाले भने, ‘साथीभाई, आफन्त, शुभेच्छुकहरूको सहयोगबाट यो हिम्मत जुटेको हो ।’

उनका अनुसार, केटिएम सिटिले नेपालगन्ज–११ स्पोर्टस् क्लबका खेलाडीलाई प्रायोजकका रूपमा सघाएको छ । ‘धेरै साथीहरूले सक्दो सहयोग गरेर हौसला बुलन्द गर्नुभएको छ’, अध्यक्ष थापाले पत्रकार सम्मेलनमा भने ।
पत्रकारहरू बीच पुगेका भौतिक पूर्वाधार मन्त्री मो. इस्तियाक राईले खेलाडीहरूलाई प्रोत्साहनका शब्द व्यक्त गरे । बाँके जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका एन्फा केन्द्रीय सदस्य भोजराज शाहीले नेपालगन्ज–११ ले गरेको प्रयासप्रति खुलेर सराहना गरे ।

कार्यक्रममा खेलाडीहरूलाई प्रदान गर्ने जर्सी सार्वजनिक पनि गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया