निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार मंगलवार उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।
आयोगले प्रतिनिधिसभा तर्फका उम्मेदवारको नामावली प्रकाशन गरेको छ । सोमवार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले मंगलवार नामावली सार्वजनिक गरेको हो ।
यस्तै आयोगले आज बुधवार बिहान १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरेको छ । बुधवार ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।
बाँकेमा प्रतिनिधिसभातर्फ जम्मा ३७ उम्मेदवार छन् । क्षेत्र नम्बर १ का ११, क्षेत्र नम्बर २ मा १६ जना र क्षेत्र नम्बर ३ मा १० जना उम्मेदवार छन् ।










