मौसमले रोक्यो उम्मेदवारीको उत्साह

नेपालगन्जमा उम्मेदवारको गाडी तोडफोड

नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्तापछि किस्मतकुमार कक्षपतिसहित रत्न खत्री र भीम ओली ।


आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज देशभर उम्मेदवार मनोनयन दाखिला गर्ने समय तालिका अनुसार बाँकेमा पनि दलहरु र स्वतन्त्रले भारी वर्षा र डुवानका वीच उम्मेदवारी दर्ता गराएका छन् ।


बाँकेमा यसपालीको निर्वाचनमा भाग लिन नयाँ पार्टीका रुपमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि थपिएका छन् । त्यस्तै स्वतन्त्रबाट पनि उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा ३ र प्रदेश सभा ६ निर्वाचन क्षेत्र रहेको बाँकेमा क्षेत्र नं. १ को अगैयामा क्षेत्र नं. २ को नेपालगन्जको पशु तालिम केन्द्र र क्षेत्र नं. ३ को कपास विकास समिति खजुरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर उम्मेदवारी दर्ताको काम अगाडि बढाइएको थियो ।

जसपाका तर्फबाट बाँके क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ताका लागि तयारीका क्रममा मो. इस्तियाक राई, आदेश कुमार अग्रवाल र भण्डारीलाल यादव ।


उम्मेदवारी दर्ताका क्रममा नेपालगन्जमा केही बेर जनमत पार्टीका कार्यकर्ताले अर्कैले टिकट पाएर उम्मेदवारी दर्ता गराउन आएको भन्दै बाँके क्षेत्र नं. २ बाट संघतर्फ उम्मेदवार बनेका बाबु खाँ पठान चढेको गाडी तोडफोड गर्दै अवरुद्ध गरेका
थिए ।


जनमत पार्टीबाट इरफान शेषले पाउनु पर्नेमा जनता समाजवादीबाट जनमत पार्टीमा प्रवेश गरेर बावु खाँले टिकट पाएको भनेर गेटमै गाडी राकेर तोडफोड गरेपछि प्रहरीले लाठी चार्ज गरेर उनीहरुलाई तितरवितर पार्नुका साथै केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

बाँकेमा कतै गठबन्धन देखिएको छ भने कतै गठबन्धन दलका नेताहरुले एक्लाएक्लै उम्मेदवारी दर्ता गराएका छन् ।


नेपाली काँग्रेस, माओवादी केन्द्र र समाजवादी केन्द्रले कतै संयुक्त उम्मेदवारी दिएका छन् भने कतै आफ्नो पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमाले–राप्रपा गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ताका क्रममा

एमाले र राप्रपाले भने संयुक्तरुपामा उम्मेदवारी दिएका छन् । केन्द्रमा भएको तालमेल भन्दा बाहिर गएर बाँकेमा जनता समाजवादी एक्लै निर्वाचनमा होमिएको छ ।

उम्मेदवारी दर्तापछि सूर्य ढकाल कोहलपुरका मेयर र उपमेयरका बीचमा । चुनाबी क्षेत्र- बाँके क्षेत्र नं १ (संघ)

प्रतिक्रिया

प्रतिक्रिया