बाँके स्थित राप्ती नदीमा जलस्तरले खतराको संकेत पार गरेको छ । यसअघि नै बर्षात्को पूर्वानुमान गरिएको थियो ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान विभागका अनुसार, बाँके कुसुम राप्ती नदीको जलस्तर बुधबार साढे १२ बजेसम्म ५.६२ पुगेको छ । नदीमा जलस्तर ५.४ पुगेमा खतराको साइरन बज्ने गरेको छ ।
दिउँसो साढे १२ बजेसम्म राप्ती नदीको सतह बढ्दो क्रममा रहेको थियो । निरन्तर बर्षा भैरहेकाले नदीमा जलस्तर बढिरहेको हो ।











