युवाहरुमा निहित आन्तरिक क्षमताको विकास गर्दै आत्मविश्वासी बनाउने उद्देश्य सहित पि.के. इभेन्ट्स प्रालिको आयोजनामा शनिबार फेस अफ नेपालगन्जको तेस्रो संस्करणको अडिसन हुने भएको छ ।

अडिसनको लागि ४२ जना युवा युवतीहरुले फारम भरिसकेको र कोहि इक्छुक भए अडिसनको दिन शनिबार सम्पर्क गर्न सकिने पिके इभेन्ट्सका अध्यक्ष प्रकाश कुँवरले जानकारी दिए ।
नेपालगन्जको म्याजेष्टिक पार्टी प्यालेसमा हुने फेस अफ नेपालगन्ज तेस्रो संस्करणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको विजेता सेन्जल पौडेलले गर्नेछिन् । प्रतिस्पर्धाको दौरान सहभागिहरुलाई वाकिङ, फोटो सुट, सामाजिक कार्य, खेलकुद, मेकअप लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।
आयोजकले शुक्रवार पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार, फेस अफ नेपालगन्जको विजेताले १६ हजार रुपैयाँ पुरस्कार र आयोजक पिके इभेन्ट्सको ब्रान्ड एम्बेसडरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछ । यसैगरी अन्य विभिन्न विधाका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
फेस अफ नेपालगन्जको तेस्रो संस्करणलाई रिलायन्स लाइफ इन्सोरेन्सले मुख्य प्रयोजन गरेको छ भने सेन्ट थोमस हाइस्कुल, श्री राधेश्याम ज्वेलर्स, कोहलपुर डेन्टल हस्पिटल लगायतले प्रायोजन गरेका छन् ।
पिके इभेन्ट्सका अध्यक्ष प्रकाश कुँवरका अनुसार, सोसल मिडिया पार्टनरको रुपमा नेपालगन्ज ग्यालरीले यो इभेन्टलाई साथ दिदैछ । अन्य जानकारीको लागि ९८४४८०४३६५ / ९८१२५१३०७९ मा सम्पर्क गर्न सकिनेछ ।











