सशुल्क पार्किङ्ग व्यवस्थापन प्रयास

नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज–१६ जयसपुरमा सशुल्क पार्किङ्गको व्यवस्था गर्ने भएको छ । उपमहानगरपालिकाले गत असोज १ गते टेण्डर समेत आव्हान गरिसकेको छ ।


नेपाल–भारत सीमाको जमुनाहको नेपालगन्ज भन्सार सीमा परिसरमा रिक्सा लगायतका सवारी साधन पार्किङ्गको सुल्क संकलन सम्बन्धी ठेक्का आव्हान गरेपछि त्यसको विरोध इरिक्सा व्यवसायीले गरेका छन् ।


नेपाल इरिक्सा व्यवसायी कम्पनी प्रालिले नेपालगन्ज उपमहानगरपालिका अगाडि विरोध प्रदर्शन गर्दै टेण्डर आव्हानको वहिष्कार गरेको बताएका छन् । उनीहरुले रिक्सा चालकहरुको पीडा ठेकेदारले बुझ्न नसक्ने, इरिक्सा व्यवस्थापन गर्न सक्ने योग्य र सक्षम संस्था छानी जिम्मा लगाउन, व्यापारिकरण गर्ने ठेक्का पट्टाको प्रथा हटाउन माग गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया