बर्दिया जिल्लाका ८ स्थानीय तहका ६ जनस्वास्थ्य निरीक्षक, १४ हेल्थ असिष्टेन्ट र ५ जना अहेब गरी जम्मा २६ जना स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यको आधारभुत तालिम शनिबार गुलरियामा सञ्चालन गरिएको छ ।

नेपाल लगायत पछिल्लो समय बर्दियामा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको सन्दर्भमा आधारभुत मानसिक स्वास्थ्य तालिम प्रदान गरी मानसिक स्वास्थ्यलाई समुदाय स्तरमा विकास गर्न मद्दत पुर्याउने उद्देश्यका साथ तालिम सञ्चालन भएको हो ।
बर्दिया जिल्लामा मानसिक स्वास्थ्य समस्याका विभिन्न केशहरु बढ्दै जानुका साथै आत्महत्याको घटनाहरु समेत बढ्दै गएको अवस्थामा यस्ता तालिमले मानसिक स्वास्थ्यको समस्यालाई रोकथामका साथै आवश्यक उपचारमा समेत टेवा पुग्ने सी.एम.सी–नेपालमा कार्यरत परामर्शकर्ता प्रा. चन्द्रकला शर्माले बताउनुभयाे ।
उनका अनुसार मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र –नेपाल (सीएमसी–नेपाल)ले बिश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग र ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा नेपाल सरकारको मापदण्डमा रहि लुम्बिनी प्रदेशको बर्दिया लगायत विभिन्न ६ जिल्लाहरुमा मानसिक स्वास्थ्य प्रबर्धन गर्ने उदेश्यले कार्यक्रम सन्चालन गर्दै आइरहेको छ ।
सनिवार संपन्न कार्यक्रमका सहभागीहरुले समेत विभिन्न शारीरिक लक्षणहरु लिएर मानसिक स्वास्थ्य समस्या लिएर आउने भए पनि आफुलाई प्रावीधिक ज्ञानको अभावले गर्दा पहिचान र स्वास्थ्य सहयोग गर्न नसकेको भए पनि यस तालिमले व्यवसायिक दक्षता र मानसिक स्वास्थ्य सेवा प्रबद्र्धनमा महत्वपुर्ण सिकाई रहेको बताउनुभयाे ।
६ दिन सम्म बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा संचालित उक्त तालिमको सहजीकरण वरिष्ठ मनोचिकित्सक डा. समुन अर्याल, प्रा. चन्द्रकला शर्मा, शारदा कवँर लगायतले गर्नु भएको थियाे ।
जनशक्तिको विकास संगै स्थानीय निकायले औषधीको सहज र निःशुल्क उपलब्धता गर्न सकेमा थप प्रभावकारी हुनेमा वरिष्ठ मनोचिकित्सकको सुझाव छ ।
उक्त तालिमको उद्घाटन कार्यक्रममा प्रदेश स्वास्थ्य तालिम केन्द्र, लुम्बिनीका निमित्त निर्देशक नोड बहादुर चौधरी, स्वास्थ्य सेवा कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी लगायतको समेत उपस्थीति रहेको थियो ।
सी एम सी नेपाल ले यो कार्यक्रम प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र साथै जिल्ला स्वास्थ्य कार्यालय संगको समन्वय र सहायतामा गर्दै आउनुका साथै स्थानीय स्तरमा मानसिक स्वास्थ्य संबन्धी सचेतनामुलक क्रिायकलापहरु समेत संचालन गरिएको कवँरले बताउनुभयाे ।
यसैगरी बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ १ दिने मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण तालिम समेत प्रदान गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा ६५ को सहभागीता रहेको थियो । यसै बिच मधुवन नगरपालिकामा समेत धामि, झाँक्रि, शिक्षक, आमा समुह र क्लबका २५ लाई समेत १ दिने मानसिक स्वास्थ्य सचेतनाको कार्यक्रम गरिएको सीएमसी नेपालले जानकारी दिएको छ ।
सि.एम.सी नेपालले विगत १ वर्ष देखि द्धन्दप्रभावित व्यक्ति र उनीहरुको परिवारहरुका लागि मनोपरामर्श सहयोग कार्यक्रम समेत बर्दिया जिल्लाका ठाकुरबाबा, बारबर्दिया, राजापुर र बाँसगढीमा समेत संचालनमा रही समुदायिक मानसिक स्वास्थ्य सहयोगमा सहयोग गर्दै आएको सी.एम.सी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले जानकारी दिनुभयाे ।
प्रादेशिक संयोजक गैरेका अनुसार, ठाकुरबाबा, बारबर्दिया, बासगढी राजापुरका स्थानीय तह र सीएमसी नेपालकाे साझेदारीमा स्वीस राजदुतावासकाे अार्थिक सहयाेगमा विगत २ वर्ष देखि संचालनमा रहेकाे छ










