भुकम्प तथा आगलागी कृतिम घटना अभ्यास

नेपालगन्जको बडा नं ३ र ७ मा विपद् पूर्वतयारीका लागि समुदायस्तरमा भुकम्प तथा आगलागी सम्बन्धी कृतिम घटना अभ्यास गरिएको छ ।

कृत्रिम अभ्यासमा समुदायले भूकम्प तथा आगलागीमा अपनाउनुपर्ने पूर्वतयारी, खोज तथा उद्दार, प्राथमिक उपचार तथा स्थानिय स्रोत साधनको प्रयोग सम्वन्धमा अभ्यास गरिएको थियो ।

युरोपियन युनियनको सहयोग तथा युनिसेफ नेपाल, युएनडीपी, युएन उमनको साझेदारीमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ र ७ मा रेडक्रस बाँकेद्वारा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाद्वारा विपद् प्रतिकार्यमा समुदायको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले उक्त कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको हो ।

कृत्रिम अभ्यास कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, नेपालगन्ज उपमहानगरपालिका वडा न. ७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठ, वडा नं. ३ का आयुव सिद्धिकी र नेपालगन्ज उपमहानगरपालिकाको विपद् फोकल पर्सन प्रकाश डि.सी.लगायतको सहभागितामा कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र नेरेसो बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गरेका थिए ।

नेरेसो सदरलाइन उपशाखाले रेडक्रस दिवसको रुपमा समुदायमा आयोजना गरिएको कृत्रिम अभ्यासका सिकाईका आधारमा आगामी दिनमा ४ सय स्वयमसेवकलाई खोज तथा उद्दार, प्राथमिक उपचार, आगलागी नियन्त्रण सम्वन्धी तालीम उपलव्ध गराउने योजना रहेको प्राविधिक अधिकृत शिव सुवेदीले जानकारी दिए ।

नेरेसो बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार, नेपालगन्ज उपमहानगरको बडा नं ३ र ७ मा शुक्रवार र शनिवार आयोजना भएको अभ्यास कार्यक्रमा वडास्तरिय विपद् व्यवस्थापन समिति, स्थानीय स्वयमसेवक, रेडक्रसकर्मी सहभागितामा रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया