बाँके: नवौंमा छानिए बुद्धिचालका खेलाडी

आगामी असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बाँकेबाट बुद्धिचाल प्रतिस्पर्धा गर्ने खेलाडी छनोट गरिएको छ ।

बाँके जिल्ला बुद्धिचाल संघले प्रतिस्पर्धा मार्पmत नवौंमा सहभागी हुने खेलाडी सुनिश्चित गरेको शनिबार जानकारी दिएको छ ।

योगिनी मा.वि. खजुरा–२, गौघाटमा आयोजना गरिएको बाँकेका महिला तथा पुरुष बुद्धिचाल खेलाडीहरुको छनौट प्रतियोगितामा ४३ पुरुष र १५ महिलाहरु गरी कुल ५८ जना खेलाडीले फारम दर्ता गराएका थिए ।

चेस खेलमा महिलातर्फ कोटा संख्या ३ रहेकोमा ५ राउण्डको प्रतिस्पर्धामा नेपालगन्ज मोडेल एकेडेमीमा अध्ययनरत श्रृष्टि शाह ४.५ अंक सहित प्रथम र ४ अंक साथ शोभा शाही दोश्रो भएका छन् भने होलिल्याण्ड स्कुल कक्षा १२ मा अध्ययनरत नरैनापुरकी निलम मौर्य तेश्रो हुन सफल भइन् । महिलाहरुमा ३ अंकका ल्याउँदै बैकल्पिक तर्फ गुराँस चाइल्डहुड खजुरामा कक्षा ८ मा पढ्ने रविना वली र कक्षा ३ सगरमाथा इ.मि. स्कुल, नेपालगन्जमा अध्ययनरत इशा गिरी पर्न सफल भएका छन् ।

बाँके जिल्ला खेलकुद विकास समिति सदस्य रन्जित सिंह सिजापती एवं खजुरा गा.पा. २ नं. वडाका वडाध्यक्ष धनराम वली क्षेत्री समेतको उपस्थितिमा सम्पन्न भएको छनौट प्रतियोगितामा ३ वटा कोटा रहेकोमा ५.५ अंकका साथ पुरुष तर्फ पनि नेपालगन्ज मोडेल एकेडेमीको कक्षा ८ मा अध्ययनरत खेलाडीद्वय आयुष डेमनौरा प्रथम र अनुपजंग शाह दोश्रो भएका छन् भने कक्षा–८ मै अध्ययनरत जय बागेश्वरी स्कुल, नेपालगन्जका हेमाङ्गबाबु सिंह ५ अंक साथ तेश्रो भई छनौट भएका छन् । पुरुषतर्फ बैकल्पीकमा भने गुराँस स्कुलकै रिजन थापा मगर र जय बागेश्वरीकै अर्नव बोगडीेले पकड जमाएका छन् ।

७ जना खेलाडी अनुपस्थित रहेको सो छनौट प्रतियोगितामा यसपाली बाँकेबाट सबै खेलाडीहरु विद्यार्थीहरु मात्रै छनौट हुन सफल भएको चिफ आर्विटर पशुपति नाथ योगीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया