आज अट्वारी:लुम्बिनी र सुदूरपश्चिममा बिदा

थारु समुदायहरुले आज आइतबार अट्वारी पर्व मनाउँदैछन् । पर्वका अवसरमा थारु बहुल क्षेत्र लुम्बिनी र सुदुरपश्चिममा सार्वजनिक बिदा दिइएको छ । विभिन्न स्थानीय तहले समेत अट्वारीको अवसर पारेर स्थानीय बिदा घोषणा गरेका छन् ।

थारु समुदायहरुले अट्वारी पर्व मनाउँदै गरेको फाइल तस्विर

अट्वारी दाजुभाई र दिदीबहिनी विचको सम्बन्ध सुमधुर बनाउने पर्वको रुपमा मनाइने गरिन्छ । लुम्बिनी प्रदेशमा अट्वारी मनाउने बाँके, बर्दिया र दाङमा बसोबास गर्ने थारु समुदायलाई मात्र विदा दिने भएको छ । आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालयका अधिकृत माधव शर्माले सूचना जारी गरि अट्वारी मनाउने समुदायलाई मात्र विदा दिने निर्णय भएको जनाएका छन् ।

लुम्बिनी प्रदेशको निर्णयले थारु कर्मचारीले विदा पाए पनि विद्यार्थीहरु पढाईबाट बञ्चित हुने भन्दै थारु अगुवाले आलोचना गरेका छन् ।

दाङ, बाँके र बर्दियाका थारु बाहुल्य स्थानीय तहले पनि सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया