खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले आ. व. २०७८/७९ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।
यस कार्यालयले आ.व. २०७८/७९ मा जम्मा ४०५ वटा व्यवसाय अनुगमन गरेको छ भने उपभोग्य मिति सकिएको, लेवल वेगरका तथा अन्य कैफियत देखिएका खाद्य वस्तु रु. ३ लाख ६३ हजार ६ सय ६० वरावरको जफत गरि नष्ट गरिएको छ । यस कार्यालय अन्तर्गत प्रयोगशालामा तरकारी/फलफूल नमुनाको द्रुत विषादी अवशेष परिक्षण १०,२२० वटा तथा अन्य खाद्य तथा दाना नमुना विश्लेषण २,२८१ वटा गरेको छ ।
उक्त कार्यक्रममा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठले कार्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लक्ष्य अनुसार कार्य भएको जनाइन् । कार्यालयले खाद्य गुणस्तर र स्वच्छताका लागि बिभिन्न कार्यक्रमहरु संचालन गरिएको, लक्ष्य अनुसारका अनुगमन रचेतनामुलक कार्यक्रमहरु गरिएका कारण उपभोक्ताको जनचेतनामा बृद्धि भएको श्रेष्ठले बताइन् । समिक्षा गोष्ठीमा डिभिजन कार्यालय दांग कार्यालयले गरेका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै खाद्य निरीक्षक राजेश चौधरीले कायाराम्र्रोलयले खाद्य स्वच्छता र गुणस्तरका क्षेत्रमा लक्ष्य अनुसार उल्लेख्य कार्य गरेको बताएका थिए ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता बसन्त गौतमले खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छता र गुणस्तरका क्षेत्रमा राम्रो काम गरको भए पनि खाद्य स्वच्छता र गुणस्तरमा उपभोक्ता अझै ठगिनु परेको बताए । बजारमा कमगुणस्तर, अस्वच्छ र गुणस्तरिय हिन समानको बिगबिगी रहेको पाईएकोले आगामी दिनमा कार्यालयले अझै प्रभावकारी रुपमा काम गर्नु पर्नेमा जोड दिए । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले लक्ष्यका निश्चित संख्याका कार्यक्रम सम्पन्न हुनुलाई मात्रै प्रगती नमानी आफ्नो कामले बजारमा कस्तो प्रभाव पार्यो ? खाद्य स्वच्छता र गुणस्तरमा कति परिवर्तन ल्यायो भनेर मुल्याङ्कन गर्नु पर्ने गौतमले बताए ।
आ.व. २०७८÷७९ मा यस कार्यालयले सुन्य बेरुजु सहितको उल्लेखनीय प्रगति (वित्तीय भारित) हासिल गर्न सफल भएको बताईएको थियो । यस्तै उजुरी/गुनासो सम्बोधन लगायतका सुशासन तर्फका कामहरु पानी उल्लेखनीय भएको, खाद्य ऐन २०२३ / खाद्य नियमावली २०२७ कार्यान्वायन गराउने र खाद्य उद्योग अनुज्ञापत्र जारि गर्ने मुख्य निकायको रूपमा परिचित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले मातहतका कर्यक्षेत्रहरुमा खाद्य स्वच्छता कायम गर्न खाद्य उद्योग÷ बजार अनुगमन, निरीक्षण, नमुना संकलन गर्ने र विभिन्न सचेतना मुलक कार्यक्रम, अन्तरक्रिया, भेला र सूचना सामग्री प्रचार प्रसार गर्दै आएको कार्य बिवरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जका नेत्रा बोगटी, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाई, उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतम, खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय दांग, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ईकाई कार्यालय बाँकेका प्रतिनिधि, पत्रकार लगायतका सरोकारवालाहरुको तर्फबाट सहभागिता रहेको थियो ।
कार्यक्रमको अन्त्यमा कार्यालका निमित्त कार्यालय प्रमुख अमित भुषण सुमनले सम्पूर्ण सरोकारवाला हरुलाई धन्यवाद ब्यक्त गर्दै, आगामी दिनहरुमा यस कार्यालयले अझै राम्रा राम्रा काम गर्दै जाने लक्ष्य लिएको र यसको लागि सबैको साथ सहयोगको अपेक्षा रहेको बताएका थिए ।