
नेकपा एकिकृत समाजवादीले बाँके क्षेत्र नं. २ मा उम्मेदवारहरु सिफारिस गरेको छ । समाजवादी क्षेत्र नं. २ इन्चार्ज समुद्दिन सिद्दिकीको अध्यक्षतामा बसेको बैठकले संघ र प्रदेश उम्मेदवारहरुको सिफारिस गरेको हो ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बाँके क्षेत्र नं. २ मा संघ तर्फ विनोद मैनाली, महेन्द्रराज शर्मा र अव्दुल जव्वर मन्जरिको नाम सिफारिस गरिएको छ ।

समाजवादीले क्षेत्र नं. २ प्रदेश (क) मा लक्ष्मीप्रसाद गौतम, मोहमद इम्रान खाँ, पार्वती विक र सुनिता विक तथा प्रदेश (ख) मा समसुद्दिन सिद्दिकी, करिश्मा कुमारी योगी, डम्बरबहादुर थापा र तुलसा थापा सिफारिस भएको नेकपा एस बाँके सचिव दिपक जिएमले जानकारी दिए ।

सिफारिस सवै उम्मेदवारहरुलाइ सवै क्षेत्रमा विजयी हुने गरि निर्वाचनमा लाग्न नेकपा एस जिल्ला अध्यक्ष इन्द्रबहादुर थापाले निर्देश समेत दिएका छन् ।










