लुम्बिनी प्रदेशमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार, रुपन्देही, तिलोत्तमा नगरपालिका–६ मणिग्रामस्थित एक घरमा ईन्टरनेट जडान गर्ने क्रममा गुल्मी धुर्कोट गाउँपालिका–५ वस्तु घर भएका २२ वर्षीय प्रदिप भट्टराईको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर अशक्त भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
नेपालगंज उप–महानगरपालिका–१९ फुटा गाउँमा ६७ को राम किशोर तिवारी आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार, ब्याट्रीवाला अटो रिक्सा चार्ज लगाउने क्रममा करेन्ट लागि घटना स्थलमानै उनको मृत्यु भएको हो ।
यसअघि बाँकेको नेपालगन्जमा दुई जनाको ब्याष्ट्रि रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको थियो ।










