पारिवारिक दुस्मनी साँध्न हत्यामा फँसाउने खेल

बाँकेको कोहलपुरमा रुखको हाँगा लागेर मृत्यु भएको घटनालाई पारिवारिक दुस्मनीमा अर्को पक्षलाई हत्या घटनामा फसाउने प्रयास प्रहरीले असफल बनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले जंगलमा एक जनाको मृत्यु र हत्याको अरोप लगाउँदै उजुरी परेपछि तत्कालै गम्भीर अनुसन्धान सुरु गरेको थियो ।

‘सुरुमा हत्या भनेर उजुरी आएपछि तत्कालै घटना स्थल अध्ययन, उजुरीमा परेका व्यक्तिको खोजतलास र पक्राउ गर्ने तथा पीडित पक्षको बयान लिने, पीडकको अवस्थाबारे जानकारी लिने काम भयो’, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन बहादुर मल्लले भने, ‘छुट्टाछुट्टै बयान र क्रस प्रश्न गर्दा परिवारिक दुस्मनीमा अर्को पक्षलाई हत्यामा फसाउन खोजेको अनुसन्धानबाट स्पष्ट भयो ।’ उनले भने, ‘प्रहरीलाई भ्रमित गरेर पारिवारिक दुस्मनीमा अर्को पक्षलाई फसाउन गरिएको प्रयास असफल गरेका छौं ।’

जानकी गाउँपालिका वडा नं. ६ पिप्रहवा बस्ने घनश्याम लोनियाको १४ बर्षको छोरा शिव लोनियाको कुटपिटका कारण मृत्यु भएको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा बुधबार दिउँसो उजुरी पुग्यो । कोहलपुर नगरपालिका वडा नं. ७ रजगरुवा जंगलमा दाउरा काट्न गएका जानकी गाँउपालिका वडा नं. ६ पिप्रहवा बस्ने सुकलाल लोनिया, भोदु लोनिया र पप्पु लोनियाले शिब लोनियाको टाउकोमा चिरपट दाउराले प्रहार गर्दा मृत्युको दाबी गर्दै पुगेको घटना अनुसन्धान पछि रुखको हाँगा खसेर मृत्यु भएको पुष्टि भएको हो ।

इलाका प्रहरी कार्यालयका कोहलपुरमा प्रमुख मल्लले मृतक शिवकुमार लोनिया आफ्नो अकंल राजकुमार लोनिया सँग दाउरा काट्न जंगल गए । एउटा रुखको हाँगा अर्को रुपमा ढलेको थियो । खसाल्ने प्रयास सफल नभैरहेको अवस्थामा हाँगा खसेर शिवकुमारको टाउकोमा चोट लाग्यो, उनको मृत्यु भयो । शिवकुमारको मृत्यु भएपछि राजकुमारले उनका बुबा घनश्यामलाई सम्पर्क गरी घटनाबारे जानकारी दिए ।

प्रहरीका अनुसार, छोराको मृत्यु पछि सुरुभएपछि पारिवारिक दुस्मनीमा अर्को पक्षलाई फँसाउने प्रयास गर्दै प्रहरीलाई गलत जानकारी गराइएको थियो ।

घनश्याम लोनियाले सुकलालको परिवारमाथि अपहरण मुद्दा समेत हालेको छ । सोही मुद्दामा बुधबार सुकलाल सहितका व्यक्ति नेपालगन्ज आएका थिए । सुकलालको छोरा सन्तोषले घनश्यामको छोरी भगाएको विषयमा अपहरण मुद्दा रहेको प्रहरीले जानकारी दिएको छ । ‘घटनामा अन्य विवाद पनि दुई परिवारबीच रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, इलाका प्रहरी कार्यालय कोहलपुरले भनेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले हत्याको आरोप लगाएका व्यक्ति नेपालगन्जमा भएको, जंगल पुग्ने अवस्था नभएको पाएपछि गम्भीर अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया