सुप्रसिद्ध गायक, संगीतकार तथा साहित्यकार प्रेमप्रकाश मल्ल ‘मधुकर’को ८७ औं जन्मजयन्ती शनिवार साहित्यिक कार्यक्रम गरि मनाइएको छ । सोही कार्यक्रममा यस वर्षको प्रेमप्रकाश मल्ल स्मृति साहित्य पुरस्कार वरिष्ठ श्रष्टा सनत रेग्मीलाई प्रदान गरिएको छ ।
भेरी साहित्य समाज केन्द्रीय समितिले मधुकरको ८७ औं जन्मजयन्तीको अवसर पारेर ‘प्रेमप्रकाश मल्ल (मधुकर) पुरस्कार अर्पण तथा स्रष्टा सम्मान’ कार्यक्रमको आयोजना गरेको हो । रुकुम जिल्लाको मुसीकोट, सेरिगाउँमा जन्मिएका मल्लको बि.सं. २०७२ साल वैशाख ११ गते निधन भएको थियो ।
भेरी साहित्य समाजले मल्लका जेष्ठ छोरी÷जुवाई वाणीश्री मल्ल, बखत बहादुर मल्लसंगको सहकार्यमा प्रेम प्रकाश मल्ल स्मृति कोष स्थापित गरि कोषबाट हरेक वर्ष सम्मान सहित नगद पुरस्कार वितरण गर्दै आएको हो । त्यसैक्रममा वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञा प्रष्ठिानका पूर्व सदस्य सचिव रेग्मीलाई नगद रकम ५० हजार १ सय ११ रुपैयाँ सहितको पुरस्कार र सम्मानपत्र प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुखअतिथि नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले वरिष्ठ श्रष्टा रेग्मीलाई दोसल्ला ओढाएर, सम्मान– पत्र र पुरस्कार रकम हस्तान्तरण गरे । नगरप्रमुख विष्टले नेपालगन्ज उपहमनगरपालिकाले कला साहित्य र संस्कृतिको विकासको लागि भेरी साहित्य समाजलाई सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि कार्यक्रममा गरेका छन् ।
पुरस्कारकाका लागि भेरी साहित्य समाज केन्द्रीय समितिका सल्लाहकार पूर्ण लाल चुकेको संयोजकत्वमा महासचिव लेक प्रसाद प्याकुरेल र मीना बराल सदस्य रहेको ‘प्रतिभा छनौट समिति’ गठन गरिएको थियो ।
बि.सं. २०७३ सालदेखि भेरी साहित्य समाज केन्द्रिय समितिले हरेक वर्ष उक्त पुरस्कार बितरण गर्दै आइरहेको छ । यसअघि उक्त पुरस्कार डा. गोपाल प्रसाद अधिकारी, पूर्णलाल चुके, अब्दुल लतीफ शौक, डा. जीवेन्द्र देव गिरि, महेश विक्रम शाह र श्यामानन्द सिंह, कमल बि.क. निर्मोहीलाई प्रदान गरिएको थियो ।
प्रेमप्रकाश मधुकर छोटो जीवनी लामो कहानी (लघुकाव्य), एउटा त्यो अजेय शिखर (लघुकाव्य), अनुभूतिका स्वरहरु (गीत–गजल–लघु कविता सङ्ग्रह), सजल (गजल सङग्रह), गाउँदागाउँदै (कविता सङ्ग्रह), “उनी” रोदन गीति गाथा लगायत दर्जन बढी कृतिहरु प्रकाशित छन् भने रेडियो नेपालमा थुप्रै गीतहरु रेकर्ड र प्रसारण हुने गरेका छन् ।
समाजका केन्द्रिय अध्यक्ष हरि प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्व. मल्लका बारेमा सल्लाहकार पूर्ण लाल चुके, साहित्यकार प्रभात सुवेदी, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिला, बिशिष्ट अतिथि वरिष्ठ लेखक नरेन्द्र जंग पिटर, समाजका सल्लाहकार तथा कोषका संस्थापक वाणीश्री मल्लले धारणा राखेका थिए ।
कार्यक्रममा नेपालगन्जका साहित्यिक क्षेत्रमा योगदान पु¥याए वापत उर्दू साहित्यकार सैययद असफाक रसूल हाशमी, कलाकारिता क्षेत्रमा योगदान पु¥याए बापत राज बिक्रम चन्द (बिक्रम शिशिर)लाई दोसल्ला ओढाई सम्मान–पत्रप्रदान गरी सम्मानित गरिएको थियो ।
समारोहमा प्रभात सुवेदी, महेन्द्र सेडाई, स्वर्णिम जीवराज बम, आदिल सर्वर नेपाली, चरित्रा शाह,चन्द्रावति अधिकारी, भिम प्रज्वल, हिरालाल शर्मा, बिक्रम शिशिर, भारत लखनऊका रुबरु फाउण्डेशन इन्डियाका अध्यक्ष इरसाद राही, वर्षा शिक्षित लगायतले आ–आफ्ना रचना वाचन गरेका थिए ।
उर्दू साहित्यकार जमील हाशमी, प्रियंका वैश्य, रामचन्द्र आचार्य, एल शर्मा, ऋचा लुईटेल, पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका निवर्तमान अध्यक्ष महानन्द ढकाल, अध्यक्ष कपिल अञ्जान, पंकजकुमार श्रेष्ठलगायतका व्यक्तित्वको सहभागिता रहेको कार्यक्रमलाई आयोजकले भव्यता दिएका थिए ।
कोषका संस्थापक बखतबहादुर मल्ल, समाजका सल्लाहकार तथा अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुम्हार, सुन्दर गुरुङ्ग, महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. इन्द्र बहादु भण्डारी इन्द्रेणी, जगदीश ढकाल, शिक्षाविद् किरण आचार्य, बि.पी अस्तु, खडग बहादुर बोहरा, पुष्पमणि प्रधान, मोहम्मद मुस्तफा अहशन कुरैशी, आरके देवकोटा, हिमाल पौडेल, सुवोध वर्मा, सुमित्रा न्यौपाने, जित बहादुर शाह, शिवशंकर रोका क्षेत्री, नारायण ज्ञवाली, तिला पाण्डे, नवराज भट्ट लगायत पनि कार्यक्रममा सहभागी थिए ।