अनि कहाँ गर्ने पार्किङ्ग ?

तोकिएको ठाउँमा पार्किङ्ग नगरिएको भन्दै नगर प्रहरीले सवारीसाधनहरु धमाधम नियन्त्रणमा लिन थालेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले खासगरी फुटपाथमा पार्किङ्ग गरिएका दुई पाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिंदै कार्यालय लैजाने गरेको हो । त्यसका लागि ट्राफिक प्रहरीको सहयोग लिएको नगर प्रहरीले पहिलो पटकका लागि २ सय ५० रुपैयाँ जरिवाना लिएर छाड्ने गरेको छ ।

‘अर्को पटक पनि फेला परे ट्राफिक कार्यालय पठाइनेछ’, नगर प्रहरी प्रमुख सुर्य बोगटीले भने, ‘ट्राफिकले कम्तिमा ५ सय रुपैयाँ गर्ने गरेको छ ।’ उनले पहिलो चरणमा सचेतनाका लागि अभियान चलाइएको र क्रमशः कारवाहीलाई तिव्र पारिने बताए । विहीवारमात्रै १० थान मोटरसाइकल, स्कुटर नियन्त्रणमा लिएको नगर प्रहरीले बुधवार १४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।


मोटरसाइकल धनीले भने पार्किङको व्यवस्था नगरि कारबाहीमा लागेको भन्दै उपमहानगरपालिकाको आलोचना गरेका छन् । ‘नालामाथि नराखे कहाँ राख्ने ? नगर प्रहरीसँग बाझाबाझ गरेका एक युवाले पुष्पलाल चोकमा आक्रोश व्यक्ग गर्दै भने ।

(तस्विर ः दैनिक नेपालगन्ज)

प्रतिक्रिया

प्रतिक्रिया