नगर प्रमुख भन्छन्, नालाको डिजाइननै त्रुटिपूर्ण छ

म फोहोर व्यवस्थापनमा आफै गएँ । २० प्रतिशत फोहोर भनेको प्लाष्टिक र बोतल फेला पर्यो । सबै ठाउँमा पानीको फ्लो नहुनुको कारण नाली लामो समयदेखि सरसफाई भएकै रहेनछ । के हुन्छ भने नाली बनेपछि त्यसै छाडियो, सरसफाई भएन । नाली बनाएपछि निर्माण सामाग्री त्यसमै रहे, सरसफाई गरेर ह्याडओभर भएन ।

दोस्रो कुरा, प्लाष्टिकजन्य फोहोर २० प्रतिशत नालीमा रहन्छ । अर्को समस्या नेपालगन्जमा जुन हिसाबले नालाको डिजाइन भयो त्यो उपयुक्त छैन । ठूला नालाको बगलमा कम्तिमा सर्भिस रोड हुनुपर्छ । सर्भिस रोड छैन । अहिले त जसातसो सफा गर्न सकिएला । आउँदा दिनमा घरहरु बनिसकेपछि नाला चाहेर पनि सफा गर्न सकिंदैन । घर बन्दै गैरहेको अहिले सर्भिस रोड लिन सक्ने अवस्था छैन ।

ठूला नाला डिजाइन गर्दा सर्भिस रोड हुनुपर्छ । सर्भिस रोड नै नबनाएर डिजाइन गरियो, डिजाइन नै त्रुटिपूर्ण छ । अर्को लेभल मिलाउने काम पनि त्रुटिपूर्ण छ । नाली बन्नु मात्रै ठूलो कुरा होइन । लेभल पनि मिलाउनु पर्दछ । नालीको चौडाई पनि कम छ, कहि ठूलो कहि सानो आफ्नो आवश्यकता अनुसार बन्यो ।

हामीले गर्ने भनेको प्लाष्टिकका बोतल, प्लाष्टिक जन्य फोहोर नालीमा फाल्न नदिने, ढक्कन लगाएर राख्यौं भने बल्ल सुरक्षित हुनसक्छ, आउँदो दिनमा ।

अहिले बढीभन्दा बढी सरसफाई गर्ने मेरो अभियान छ । यो बर्षकै बीचमा समयसमयमा नाली सफा गरिनेछ, अहिले लाष्टमा सफा गर्ने भन्ने रहेछ । प्लाष्टिक मुक्त कसरी गर्न सकिन्छ भन्ने वैकल्पिक के दिन सकिन्छ भन्ने सरोकारवालासँग छलफल गर्नेछु । प्लाष्टिकको विकल्प महंगो हुनु भएन । प्लाष्टिकको सस्तो विकल्प के हुनसक्छ खोजी गर्नेछु ।
(दैनिक नेपालगन्जका लागि कुराकानीमा आधारित)

प्रतिक्रिया

प्रतिक्रिया