नेपालमा प्रत्यक्ष वस्तु बिक्री प्रणाली स्थापित गर्न सफल युवा व्यवसायी तेम्पा शेर्पालाई ‘विशेष नागरिक सम्मान २०७९’ बाट सम्मान गरिएको छ ।

नेपालगन्ज निवासी, मोटिभेशनल स्पीकर शेर्पाले कोभिड महामारीका दौरान पुर्याएको योगदानलाई विशेष मध्यनजर नागरिक समाजले भव्य कार्यक्रमबीच अभिनन्दनसहित सम्मान गरेको हो ।
युवा व्यवसायी शेर्पा हेल्दी लिभिङ नेपालका अध्यक्ष हुन् । उनलाई सोमबार राजधानी काठमाडौंमा संघीय स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले नागरिक सम्मान प्रदान गरेका हुन् ।
सामाजिक रुपान्तरणका लागि नागरिक समाज नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्यमन्त्री खापुङ, विशिष्ट अतिथि बरिष्ठ कलाकार मुरलीधर, संस्थाका अध्यक्ष याम बहादुर जिसीले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
‘नागरिक समाजको अभिनन्दनले मलाई सामाजिक कार्य प्रति थप उत्तरदायी बनाएको छ’, युवा व्यवसायी शेर्पाले अभिनन्दन पछि भने, ‘लागु पदार्थ दुव्र्यसनी, चेलिबेटी बेचबिखन, सडक बालबालिकाहरुका लागि विभिन्न राहत सामाग्री वितरण लगायतका कार्य गरेर समाजमा पुर्याएको मेरो योगदानको कदरबाट थप जिम्मेवारी बोध भएको छ ।’ नेपालका झण्डै दशौं हजार युवालाई शेर्पाले व्यवसायमा लाग्न प्रेरित गरेका छन् ।