बर्दियामा स्वीट्जरल्याण्डका राजदुत- जनप्रतिनिधि र द्वन्द्व पीडित भेट

द्वन्द्व पीडितहरुका सवालमा द्वन्द्वपीडितहरुले राखेका सामाजिक सुरक्षा, छात्रवृति र निःशुल्क स्वास्थ्य बिमालाई अघि बढाउन संघिय सरकार मार्फत एउटा कोष खडा गर्ने, नेपाल सरकारसंगै अन्तराष्ट्रिय समुदायको पनि लगानी रहने, त्यो रकमबाट प्रदेश र स्थानीय सरकारसम्म पुग्ने गरि अनुदानहरु पठाउने स्विस राजदुत क्यापलरको प्रतिवद्धता


भावुक योगी
नेपालका लागि स्वीट्जरल्याण्डका राजदुत एलिजावेथ भोन क्यापलरले द्वन्द्व पीडितहरुको अवस्था पहिलेको भन्दा अहिले धेरै परिवर्तन भइसकेकोले द्वन्द्व पीडितहरुले राखेका सामाजिक सुरक्षा, छात्रवृति र निःशुल्क स्वास्थ्य बिमा जस्ता कुराहरुलाई अघि बढाउने बताउनुभएको छ ।


स्विस राजदुत एलिजावेथ भोन क्यापलरले आज बर्दियाको ठाकुरबाबा नगरपालिकामा जनप्रतिनिधि र स्विस परियोजनाका बारेमा गरिएको साक्षातकार कार्यक्रममा द्वन्द्व पीडितहरुका सवालमा द्वन्द्व पीडितहरुले राखेका सामाजिक सुरक्षा, छात्रवृति र निःशुल्क स्वास्थ्य बिमालाई अघि बढाउँदै लैजाने, र स्थानीय सरकार र प्रदेश सरकारको मात्रै जिम्मेवार नभएको बताउँदै संघिय सरकारको जिम्मेवारी रहेकाले अनुदानमा संघिय सरकार समक्ष आफुले कुरा पुर्याउने समेत उहाँले बताउनुभयो ।
संक्रमणकालिन न्यायका लागि सरकारले यसलाई नजिकबाट हेरिरहेको बताउँदै द्वन्द्वपीडितको न्यायका लागि संघिय सरकारसंग पहल गर्ने र यदि संघिय सरकारबाट यसको पहल नभए अन्तराष्ट्रिय स्तरमा समेत छलफल गर्ने सम्बोधनका क्रममा स्विस राजदुत क्यापलरले बताउनुभयो ।


द्वन्द्व पीडितहरुले उठाएका सवालहरु पुरा गर्नका लागि संघिय सरकार मार्फत एउटा कोष खडा गर्ने र त्यसमा नेपाल सरकारको पनि लगानी रहने, अन्तराष्ट्रिय समुदायको पनि लगानी रहने र त्यो रकमबाट प्रदेश सरकार र स्थानीय सरकारसम्म पुग्ने गरि अनुदानहरु पठाउने उहाँले प्रतिवद्धता जनाउनुभयो ।


नेपालका लागि स्विट्जरल्याण्डका राजदुत एलिजावेथ भोन क्यापलरले बर्दियाको ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकामा यसअघि संचालित द्वन्द्व पीडितहरुका लागि मनोपरामर्स तालिमको अवस्थाका बारेमा पनि बुझ्नु भएको थियो । स्विस परियोजनाले नवनिर्वाचित जनप्रतिनिधीहरुसंगै द्वन्द्व पीडितहरुसंग पनि शिष्टाचार भेट गर्दै जनप्रतिनिधीहरु र द्वन्द्व पीडितहरुका भनाई सुनेर आफ्नो प्रतिकृया राख्नुभएको हो । नगरप्रमुख तिलकराम लम्साल र नगरउपप्रमुख बिना भट्टराइले पनि ठाकुरबाबा नगरपालिको अवस्थाका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो ।


कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल र नगरउपप्रमुख बिना भट्टराईले राजदुत एलिजावेथ भोन क्यापलरलाई मायाको चिनो हस्तान्तरण गर्नुका साथै राजदुतका राजनितिक सल्लाहकार प्रतिज्ञा सिन्हा, राजदुत सचिवालय सदस्य निर्जला रन्जित, मानसिक स्वास्थ्य र परामर्स केन्द्र (सिएमसि नेपाल) का डा. पशुपति महतरा, (सिएमसि नेपाल) का प्रादेशिक संयाेजक हिमाल गैरे, जिल्ला संयोजक भागिराम चौधरीलाई मायाको चिनो हस्तान्तरण गर्नुभयो ।


प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पत्रानुसार राजदुत एलिजावेथ भोन क्यापलरले ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको थियो । कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, नगर उपप्रमुख बिना भट्टराई प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, विभिन्न वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु लगायत द्वन्द्वपीडित परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।


स्विस परियोजनाको अवलोकनको लागि सुर्खेत र बर्दियाको भ्रमणमा रहनुभएकी राजदुत एलिजावेथ भोन क्यापलरले शिष्टाचार भेटघाट पश्चात आज साँझ नै काठमाण्डौ फर्किने कार्यक्रम रहेको जनाइएको छ । राजदुत एलिजावेथ भोन क्यापलरले हिँजो कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही र सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीसहित जनप्रतिनिधिहरुसंग सुर्खेतमा शिष्टाचार भेटघाटको कार्यक्रम सकेर आज बर्दिया पुग्नु भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया