भेरी अस्पतालका डाक्टर नागलाई कारवाही सिफारिस

भेरी अस्पताल विकास समितिले अस्पतालमा कार्यरत चिकित्सक डा. सुरेश कुमार नागलाई कारवाहीको सिफारिस गरेको छ । अस्पताल विकास समितिले यसअघि पनि डा. नागको लापरवाहीका लागि सुध्रिन अनुरोध गर्दै आएको समितिले जानकारी दिएको छ ।

अस्पताल विकास समितिको अनुरोधलाई डा. नागले वेवास्ता गरेपछि गत २०७८ साउन गते बसेको अस्पताल विकास समितिको बैठकले स्वास्थ्य मन्त्रालयमा कारवाहीका लागि लेखि पठाएको थियो । तर, स्वास्थ्य मन्त्रालयले समेत त्यसमा चासो नदेखाएको अस्पताल विकास समिति सम्बद्ध बताउँछन् ।

अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठका अनुसार, २०७९ असार २० गते नै डा. नागले असार २९ गतेसम्मको हाजिरी गरेका छन् । उनीमाथि समयमा अस्पताल नआउने गरेको समेत आरोप छ ।

समितिका सदस्य श्रेष्ठले अग्रिम हाजिरी गरी आफ्नो उत्तरदायित्व र कर्तव्य विमुख भएको पाइकाले नियमानुसार कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बाँके मार्फत बोधार्थ स्वास्थ्य मन्त्रालयलाई पठाई कारवाहीको सिफारिस गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया