नेपालगन्जमा ‘आइएनजी हाइयर एजुकेशन एक्सपो’

उच्च शिक्षाबारे विद्यार्थी, शिक्षक र अभिभावकलाई जानकारी दिने उद्देश्यले नेपालगन्जमा ‘हाइयर एजुकेशन एक्सपो २०२२’ आयोजना गरिएको छ । मंगलबारसम्म चल्ने एक्सपो आज सोमबारबाट आयोजना गरिएको हो ।


‘एक्प्लोर योर फ्युचर’ अवधारणा सहित माइ सेकेण्ड टिचरले आइएनजी हाइयर एकजुकेशन एक्सपो २०२२ आयोजना गरिएको हो । ‘नेपालको शिक्षा क्षेत्रलाई उच्च रुपले प्राविधिक विकासमा उजागर गर्ने आयोजनाको सोंच हो’, आयोजक आइएनजी स्कील एकेडमीका सुपरभाइजर कृपा श्रेष्ठका अनुसार एक्सपो मार्फत खासगरी विद्यार्थीहरुलाई प्राविधिक एकीकृत शिक्षण र सिकाईको वातावरणसँगै भविष्यको मार्ग निर्देशन गरिनेछ । ‘एक्सपोले दिने मार्ग निर्देशनबाट विद्यार्थीले आफ्नो अध्ययन रुचि र प्रेरणा बुझेर अगाडि बढ्ने वातावरण बन्छ’, इभेन्ट इन्चार्जसमेत रहकी कृपाको भनाइ छ ।


एक्सपोमा विद्यार्थीहरुलाई विभिन्न आठ वटा रोजगारका सम्भावना प्रस्तुति सहितको कार्यशालामा सहभागी गराइने आयोजकले जनाएको छ । ‘शिक्षा र सीपलाई जोड्ने लक्ष्यका साथ काठमाडौंबाट सुरु भएको यो एक्सपो नेपालका विभिन्न सात वटा महत्वपूर्ण केन्द्रमा प्रदर्शन गरिसकिएको छ’, नेपालगन्जमा सोमबारबाट सुरु भएको एक्सपो बारे जानकारी दिंदै इभेन्ट इन्चार्ज कृपाले भनिन् । राजधानी काठमाडौंबाट शुरु गरिएको एक्पो नेपालगन्जबाट सकिनेछ । आज दिनभर होटल सिद्धार्थ भ्यूमा एक्सपो चल्ने आयोजकले जनाएको छ ।


यसखालको आयोजनाले विद्यार्थीहरुका लागि राम्रो मार्ग निर्देशन गर्ने एक्सपोमा सहभागी भरत विष्टले प्रतिक्रिया दिए । ‘विद्यार्थीहरुका लागि यो अत्यन्तै नयाँ र उपयुक्त अवसर हो’, शैक्षिक प्रदर्शनीहरु आयोजना गर्दै आएका विष्टको भनाइ थियो । इभेन्ट इन्चार्ज कृपाले मंगलवार अन्तिम दिन विद्यार्थीहरुले अवलोकन गरेर अवसरको लाभ लिनसक्ने बताइन् ।

प्रतिक्रिया

प्रतिक्रिया