नेकपा एमालेले नियमित रुपमा भातृ संगठनहरुलाई प्रशिक्षण दिइरहेको छ । त्यसैक्रममा वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुका लागि १५ दिने प्रशिक्षण कार्यक्रम चलिरहेको नेकपा एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिएका छन् ।
अध्यक्ष कक्षपतिले दैनिक ४६ वटा वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिइरहेको बताए । ‘२३ वटा वडाका प्रत्येक दिन २ जना प्रशिक्षणमा सहभागी हुने व्यवस्था मिलाएका छौं, असार २९ सम्म प्रशिक्षण चल्नेछ’, उनले भने ।
एमाले नगर अध्यक्ष दत्तप्रसाद आचार्यले संगठन सुदृढिकरणका लागि प्रशिक्षण निकै महत्वपूर्ण हुने विश्वास गरिएको बताए । एमाले नेपालगन्ज नगर कमिटीको आयोजनामा प्रशिक्षण आयोजना भइरहेको अध्यक्ष आचार्यले जानकारी दिए ।












